जोडियो पोखरा–विराटनगर हवाई सेवा

Best Khabar Team | २०७६ माघ २१ गते मंगलबार


०४ फेब्रुअरी, २०२०
पोखरा । पर्यटकीय नगरीको रुपमा परिचित प्रदेश नम्बर ४ को पोखरा र पूर्वी नेपालको औद्योगिक नगरको रुपमा परिचित बिराटनगरबीच सिधा हवाई सेवा शुरु भएको छ । लामो समयको प्रयासपछि सोमबारबाट पोखरा र बिराटनगर हवाई सेवा शुरुभएको हो ।

यो सँगै बिराटनगरबाट पोखरा र आपसासका क्षेत्रमा आउनेहरुले काठमाडौं आएर त्यहाँबाट अर्को विकल्प खोज्नुपर्ने बाध्यता अन्त्य भएको छ । यस्तै पोखरा र आसपासबाट बिराटनगर जानेहरुले पनि काठमाडौंसम्म पुगेर विमान वा अन्य सवारी साधन लिनुपर्ने अवस्था टरेको छ । यद्यपि अहिले पोखराबाट विराटनगरसम्म बस सेवा सञ्चालनमा रहेपनि हवाई सेवाको पनि माग बढेपछि दुई शहर हवाई सेवाबाट जोडिएका हुन् ।

सोमबार बुद्ध एयरले १८ जना यात्रु बोक्ने क्षमता भएको जहाज उडाएर बिराटनगरबाट पोखरा लगेसँगै दुबै शहरबीच सिधा हवाई सेवाको विधिबत् शुरुभएको छ । पोखरा विमानस्थलले जनाए अनुसार अब हरेक सोमबार, बुधबार शुक्रबार बिहान पौने १२ बजे पोखराबाट विराटनगरका लागि विमान सञ्चालन हुनेछ भने दिउँसो १ बजेर २० मिनेट जाँदा विराटनगरबाट पोखराका लागि सोही विमान उड्ने छ ।

तस्वीर सौजन्य : बुद्ध एयर

१ घण्टाको समय लाग्ने पोखरा विराटनगरको हवाई यात्राको भाडा भने ६ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । विदेशी पर्यटकको हकमा भने १ सय ३० डलर भाडा तोकिएको छ । भोलिका दिनमा यात्रुको चाप र मागलाई ध्यानमा राखेर दैनिक उडान समेत भर्ने तयारीमा आफूहरु रहेको बुद्धएयरले जनाएको छ ।

दुईदेशबीच सीधा हवाई सेवा शुरुभएपछि यस क्षेत्रका यात्रु पनि खुसी देखिएका छन् । भारतीय नाकाबाट विराटनगरहुँदै नेपाल भित्रने भारतीय तथा अन्य देशका पर्यटकहरुलाई यो हवाई सेवा लाभदायी हुने बताइएको छ । नेपाल भ्रमणवर्षको २०२०लाई सफल बनाउन यो हवाई सेवाले समेत थप मद्दत पुग्ने देखिन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात

२०७६ फाल्गुन २ गते शुक्रबार

१४ फेब्रुअरी, २०२० काठमाडौं । आज अँग्रेजी पात्रो अनुसार...

पछिल्लो २४ घण्टाको कोरोना अपडेट : थप ५ को मृत्यु, ४६४ जना नयाँ संक्रमित भेटिए पछिल्लो २४ घण्टाको कोरोना अपडेट : थप ५ को मृत्यु, ४६४ जना नयाँ संक्रमित भेटिए

२०७७ श्रावण २३ गते शुक्रबार

०७ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...

आफ्ना नागरिकलाई  तत्काल इराक छाड्न अमेरिकाको निर्देशन आफ्ना नागरिकलाई तत्काल इराक छाड्न अमेरिकाको निर्देशन

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० न्यूर्योक । अमेरिकाका र इराकबीच पछिल्ला...

तस्वीरमा हेर्नुहोस् महानायक राजेश हमालदेखि नायिका मनिषा कोइरालासम्मको होली (फोटोफिचर) तस्वीरमा हेर्नुहोस् महानायक राजेश हमालदेखि नायिका मनिषा कोइरालासम्मको होली (फोटोफिचर)

२०७९ फाल्गुन २२ गते सोमबार

०६ मार्च, २०२३ काठमाडौं । यसवर्ष सोमबार परेको होलीपर्व...

Top