जोडियो पोखरा–विराटनगर हवाई सेवा

Best Khabar Team | २०७६ माघ २१ गते मंगलबार


०४ फेब्रुअरी, २०२०
पोखरा । पर्यटकीय नगरीको रुपमा परिचित प्रदेश नम्बर ४ को पोखरा र पूर्वी नेपालको औद्योगिक नगरको रुपमा परिचित बिराटनगरबीच सिधा हवाई सेवा शुरु भएको छ । लामो समयको प्रयासपछि सोमबारबाट पोखरा र बिराटनगर हवाई सेवा शुरुभएको हो ।

यो सँगै बिराटनगरबाट पोखरा र आपसासका क्षेत्रमा आउनेहरुले काठमाडौं आएर त्यहाँबाट अर्को विकल्प खोज्नुपर्ने बाध्यता अन्त्य भएको छ । यस्तै पोखरा र आसपासबाट बिराटनगर जानेहरुले पनि काठमाडौंसम्म पुगेर विमान वा अन्य सवारी साधन लिनुपर्ने अवस्था टरेको छ । यद्यपि अहिले पोखराबाट विराटनगरसम्म बस सेवा सञ्चालनमा रहेपनि हवाई सेवाको पनि माग बढेपछि दुई शहर हवाई सेवाबाट जोडिएका हुन् ।

सोमबार बुद्ध एयरले १८ जना यात्रु बोक्ने क्षमता भएको जहाज उडाएर बिराटनगरबाट पोखरा लगेसँगै दुबै शहरबीच सिधा हवाई सेवाको विधिबत् शुरुभएको छ । पोखरा विमानस्थलले जनाए अनुसार अब हरेक सोमबार, बुधबार शुक्रबार बिहान पौने १२ बजे पोखराबाट विराटनगरका लागि विमान सञ्चालन हुनेछ भने दिउँसो १ बजेर २० मिनेट जाँदा विराटनगरबाट पोखराका लागि सोही विमान उड्ने छ ।

तस्वीर सौजन्य : बुद्ध एयर

१ घण्टाको समय लाग्ने पोखरा विराटनगरको हवाई यात्राको भाडा भने ६ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । विदेशी पर्यटकको हकमा भने १ सय ३० डलर भाडा तोकिएको छ । भोलिका दिनमा यात्रुको चाप र मागलाई ध्यानमा राखेर दैनिक उडान समेत भर्ने तयारीमा आफूहरु रहेको बुद्धएयरले जनाएको छ ।

दुईदेशबीच सीधा हवाई सेवा शुरुभएपछि यस क्षेत्रका यात्रु पनि खुसी देखिएका छन् । भारतीय नाकाबाट विराटनगरहुँदै नेपाल भित्रने भारतीय तथा अन्य देशका पर्यटकहरुलाई यो हवाई सेवा लाभदायी हुने बताइएको छ । नेपाल भ्रमणवर्षको २०२०लाई सफल बनाउन यो हवाई सेवाले समेत थप मद्दत पुग्ने देखिन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरकारले भन्यो : कुलमान घिसिङ्लाई  प्राधिकरणको कार्यकारी निर्देशकमा  निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन सरकारले भन्यो : कुलमान घिसिङ्लाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन

२०७७ भाद्र ११ गते बिहिबार

२७ अगस्ट, २०२०काठमाडौं । सरकारले नेपाल विद्यूत् प्राधिकरणको कार्यकारी...

पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई तत्काल चिन लैजाँदैनौं : चिनियाँ दूतावास पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई तत्काल चिन लैजाँदैनौं : चिनियाँ दूतावास

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० काठमाडौं । दुईसाताअघि काठमाडौंका विभिन्न स्थानबाट...

भूकम्पमा परी टर्कीमा १८ को मृत्यु, सयौं घाइते भूकम्पमा परी टर्कीमा १८ को मृत्यु, सयौं घाइते

२०७६ माघ ११ गते शनिबार

२५ जनवरी, २०२० इस्तानबुल । टर्कीको पूर्वी क्षेत्रमा अवस्थित...

चीनमा कोरोना कहर : फेब्रुअरी १८ सम्म १८६८ जनाले ज्यान गुमाए चीनमा कोरोना कहर : फेब्रुअरी १८ सम्म १८६८ जनाले ज्यान गुमाए

२०७६ फाल्गुन ६ गते मंगलबार

१८ फेब्रुअरी, २०२० बेइजिङ्ग । विश्वव्यापी रुपमा प्रभाव छाडेको...

Top