चीनमा कोराना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३६१ पुग्यो

Best Khabar Team | २०७६ माघ २० गते सोमबार


०३ फेब्रुअरी, २०२०
बेइजिङ्ग । कोरोना भाइरसको उद्गम थलोको रुपमा परिचित चीनको बुहान प्रान्तमा मात्रै हालसम्म ३ सय ६१ जनाले ज्यान गुमाएका छन् । यसअघि २ सय १३ जनाको ज्यान गएको तथ्यांक बाहिर आएपनि ४ दिनभित्रमा थप १ सय ४८ जनाको मृत्यु भएको तथ्यांक बाहिर आएको छ ।

चीनियाँ सञ्चारमाध्यमहरुका अनुसार कोरोनाबाट अति प्रभावित चीनको वुहान शहर र आसपासका क्षेत्रका संक्रमणमितहरुकै उपचारका क्रममा ज्यान गएको हो । यसअघि बिहीबारसम्म २ सय १३ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक गरिएको भएपनि आज सार्वजनिक गरिको तथ्यांकमा मृतकको संख्या बढेको देखाइएको छ । यो रोगका कारण संक्रमित भएका हजारौंको अहिले स्थानीय अस्पतालमा उपचार भै रहेको छ ।

नेसनल हेल्थ कमिसनले जारी गरेको बुलेटिन अनुसार मृतकमध्ये अहिलेसम्म १ जनाको मात्रै चीन बाहिर ज्यान गएको छ त्यो एक फिलिपिनि नागरिक हुन् । सरकारले संक्रमितहरुको उपचारका लागि भन्दै रातारात अस्पताल बनाएर उनीहरुलाई निगरानीमा राखेर उपचार थालेको छ । चीनबाट फैलिएको कोराना विश्वव्यापी बन्दै गएपछि यसको संक्रमणको जोखिम पनि बढ्दो छ । यस्तै, विश्व स्वास्थ्य संगठनले पनि विश्वव्यापी रुपमा स्वास्थ्य क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरिसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

New Zealand Natural Disaster : 5 Dead and many mising New Zealand Natural Disaster : 5 Dead and many mising

२०७६ मंशिर २३ गते सोमबार

09, Dec, 2019 New Zealand, At least five people...

चलचित्र नायक अनमोल केसीविरुद्ध लाखौं ठगीको आरोपमा प्रहरीमा उजुरी चलचित्र नायक अनमोल केसीविरुद्ध लाखौं ठगीको आरोपमा प्रहरीमा उजुरी

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२० काठमाडौं । पछिल्लो समयमा नेपाली चलचित्रमा...

२४ घण्टामा थपिए २१३ जना संक्रमित २४ घण्टामा थपिए २१३ जना संक्रमित

२०७७ जेठ २५ गते आइतबार

०७ जुन, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता देशभर थप...

काठमाडौंमा मात्रै ३५७ सहित देशभर थप १ हजार २२८ मा कोरोना संक्रमण काठमाडौंमा मात्रै ३५७ सहित देशभर थप १ हजार २२८ मा कोरोना संक्रमण

२०७७ भाद्र १८ गते बिहिबार

०३ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा...

Top