पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार


३ जुन २०१८
काठमाडौं । विगत केही वर्षयता बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरी सक्रिय राजनीतिमा लागेकी नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिक करिष्मा मान्धनरले पार्टी परित्या गरेको घोषणा गरेकी छिन् ।

उनले गत आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आफू क्रियाशील रहेको भएपनि बाबुराम भट्टराई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पाटीमा विलय भएपछि आफूले पार्टी परित्याग गरेको बताइएकी छन् । गत चैत्र अन्तिम साता नयाँ शक्ति पार्टीका तत्कालीन संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएदेखि नै मानन्धर यो प्रक्रियाप्रति असन्तुष्ट देखिँदै आएकी थिइन् ।

उनले त्यसपछि विभिन्न व्यक्तिहरुसँगको भेटमा आफूले अव राजनीतिबाट अलग रहने घोषण गरेको भएपछि करिब २ महिनापछि आएर आएर औपचारिक रुपमै आफू पार्टीको राजनीतिबाट अलग भएको घोषणा गरेकी हुन् । उनले समाजवादी पार्टी नेपालमा रहन नसक्ने भन्दै व्यक्तिरुपमा बाबुराम भट्टराई भेटेर पटक पटक पार्टी छाड्ने जानकारी गराएकी थिइन् । एकतापछि उनी राजनीतिमा निस्क्रिय जस्तै बनेकी थिइन् ।

शुरुमा मौखिक रुपमा राजीनामा दिएको र पछि औचारिक रुपमा नै लिखित राजीनामा पार्टीमा बुझाएको र सो स्वीकृत समेत भएको छ । यद्यपि करिस्माले भने आफ्नो केही व्यक्तिगत काम रहेकोले आफूले सक्रिय राजनीतिबाट विक्रम लिन लागेको बताएकी छन् । २०७२ सालमा बाबुराम नेतृत्वको नयाँ शक्ति गठन भएपछि करिष्मा नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् । हालै इसीसी परिक्षा दिएर रिजल्टको प्रतिक्षामा रहेकी मानन्धरले भोलिका दिनमा आफ्नो व्यक्तिगत कामको लागि समय चाहिएको भन्दै पार्टी राजनीतिबाट अलग भएको घोषणा गरेकी हुन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना कहर : बैशाख १५ सम्म लम्बियो ‘लकडाउन’ नेपालमा कोरोना कहर : बैशाख १५ सम्म लम्बियो ‘लकडाउन’

२०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२० काठमाडौं । सरकारले कोरोना संक्रमण (कोभिड...

नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै  धेरै संक्रमित नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै धेरै संक्रमित

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०काठमाडौं । पछिल्लो केही समययता फैलिएको कोरोना...

महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता महालक्ष्मी सुगर मिलद्वारा पुस २५ भित्र किसानका सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०१९कपिलबस्तु। वर्षौदेखि किसानहरुको उखुको मूल्य भुक्तानी नगर्ने...

पूर्वराजदूत शर्माको हृदयघातका कारण लण्डनमा निधन पूर्वराजदूत शर्माको हृदयघातका कारण लण्डनमा निधन

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० लण्डन । पूर्वराजदूत मुरारीराज शर्माको हृदघातका...

Top