Best Khabar Team | २०७६ जेठ २० गते सोमबार
३ जुन २०१८
काठमाडौं । विगत केही वर्षयता बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरी सक्रिय राजनीतिमा लागेकी नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिक करिष्मा मान्धनरले पार्टी परित्या गरेको घोषणा गरेकी छिन् ।
उनले गत आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आफू क्रियाशील रहेको भएपनि बाबुराम भट्टराई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पाटीमा विलय भएपछि आफूले पार्टी परित्याग गरेको बताइएकी छन् । गत चैत्र अन्तिम साता नयाँ शक्ति पार्टीका तत्कालीन संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएदेखि नै मानन्धर यो प्रक्रियाप्रति असन्तुष्ट देखिँदै आएकी थिइन् ।

उनले त्यसपछि विभिन्न व्यक्तिहरुसँगको भेटमा आफूले अव राजनीतिबाट अलग रहने घोषण गरेको भएपछि करिब २ महिनापछि आएर आएर औपचारिक रुपमै आफू पार्टीको राजनीतिबाट अलग भएको घोषणा गरेकी हुन् । उनले समाजवादी पार्टी नेपालमा रहन नसक्ने भन्दै व्यक्तिरुपमा बाबुराम भट्टराई भेटेर पटक पटक पार्टी छाड्ने जानकारी गराएकी थिइन् । एकतापछि उनी राजनीतिमा निस्क्रिय जस्तै बनेकी थिइन् ।
शुरुमा मौखिक रुपमा राजीनामा दिएको र पछि औचारिक रुपमा नै लिखित राजीनामा पार्टीमा बुझाएको र सो स्वीकृत समेत भएको छ । यद्यपि करिस्माले भने आफ्नो केही व्यक्तिगत काम रहेकोले आफूले सक्रिय राजनीतिबाट विक्रम लिन लागेको बताएकी छन् । २०७२ सालमा बाबुराम नेतृत्वको नयाँ शक्ति गठन भएपछि करिष्मा नयाँ शक्तिमा प्रवेश गरेकी थिइन् । हालै इसीसी परिक्षा दिएर रिजल्टको प्रतिक्षामा रहेकी मानन्धरले भोलिका दिनमा आफ्नो व्यक्तिगत कामको लागि समय चाहिएको भन्दै पार्टी राजनीतिबाट अलग भएको घोषणा गरेकी हुन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
९ महिनादेखि भक्तजनका लागि बन्द पशुपतिनाथको मन्दिर पुस १ देखि खुल्ला गरिँदै
२०७७ मंशिर १५ गते सोमबार
३० नोभेम्बर, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम
२०७५ चैत्र १२ गते मंगलबार
२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...
लकडाउनमा प्रहरीको आँखा छलेर भारतबाट नेपाल छिरेका १० जनामा कोरोना संक्रमण
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०काठमाडौं। कोरोना भाइरसका कारण भारतले लकडाउन गरेसँगै...
‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी !
२०७७ जेठ १७ गते शनिबार
युरोपेली मुलुक पोर्चुगल, अनि यहाँका राष्ट्रपति मार्सेलो रिबेलो दि...
Top