Best Khabar Team | २०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२०
कैलाली । कैलालीको धनगढीमा एक स्थानीय जनप्रतिनिधिसहित १६ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले करिब २३ लाख नगद समेत बरामद गरेको छ ।
गएराति गोप्य रुपमा स्थानीय गोदावरी नगरपालिका वडा नम्बर १० मा रहेको एक घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही वडाका वडा अध्यक्ष रबिन्द्र शाहीसमेत अरु १५ जना रहेका छन् । उनीहरुले ठूलो रकम लिएर जुवा खेलिरहेको सूचना पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।
सोही क्रममा स्थानीय तिलक अधिकारीको घरमा जुवा खेलिरहेको बेला वडा अध्यक्ष शाहीसहित १५ जनालाई प्रहरीले पक्रेको हो । जुवाको खालबाट प्रहरीले २२ लाख ८२ हजार रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो
२०७६ चैत्र २८ गते शुक्रबार
१० अप्रिल, २०२० नयाँदिल्ली । भारतका विभिन्न शहरमा बस्दै...
यही शैक्षिक सत्रदेखि कक्षा १ बाटै संस्कृतको पढाई शुरु हुने
२०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०काठमाडौं । सरकारले विगतमा माओवादीले जर्वजस्ती बन्द...
२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु
२०७७ भाद्र ५ गते शुक्रबार
२१ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
कसले जलायो चितवनमा एनसेलको टावर ?
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० भरतपुर । अज्ञात समूहले गएराति चितवनमा...
Top