अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण

Best Khabar Team | २०७६ माघ ८ गते बुधबार


२२ जनवरी, २०२०
वासिङ्गटन् । अमेरिकाको वासिङ्गटन राज्यमा एक अमेरिकी नागरिकमा कोरोना भाईरस भेटिएपछि उनलाई अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । केही समयअघि चीनको बुहान राज्य बसेर फर्किएका युवकमा कोरोना भाईरसको संक्रमण भेटिएपछि उनलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको हो ।

३० वर्षका ती पुरुष करिब २ साता चीनको बुहान प्रान्तमा घुम्नको लागि गएका थिए । त्यहाँबाट फर्किएलगत्तै उनमा कोरोना भाईरसको संक्रमण देखिएको हो । कोरोना भाईरसका कारण अहिलेसम्म चीनमा एक दर्जन बढी मानिसको ज्यान गै सकेको छ । भाइरसको प्रकोप हाल जापान, कोरियालगायतका मुलुकमा समेत देखिएपछि सावधानी अपनाईको छ ।

नेपालमा पनि केहीसमयअघि चीनबाट फर्केका एक युवकमा कोरोना भाईरस भेटिएपछि ती युवकको उपचार शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रमा भै रहेको छ । चीनको बुहान प्रान्तमा यो रोगले संक्रमणको रुप लिएपछि अहिले विश्वभर यसको त्रास बढेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पहिलोपटक कपिलबस्तुमा पनि भेटिए २ कोरोना संक्रमित,  कोरोना संक्रमितको संख्या सय नाघ्यो पहिलोपटक कपिलबस्तुमा पनि भेटिए २ कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या सय नाघ्यो

२०७७ बैशाख २५ गते बिहिबार

०७ मे, २०२०तौलिहवा । नेपालको कपिलबस्तु जिल्लामा पहिलो पटक...

देशभर निषेधाज्ञामा थप कडाई गरिँदै : उल्लंघन गर्नेलाई आर्थिक जरिवानासहित  कैदसम्म राखिने देशभर निषेधाज्ञामा थप कडाई गरिँदै : उल्लंघन गर्नेलाई आर्थिक जरिवानासहित कैदसम्म राखिने

२०७८ जेठ १० गते सोमबार

२४ मे, २०२१काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले...

लकडाउनका बेला घरको चारभित्ता भित्र छायांकन गरिएको एउटा पृथक म्यूजिक भिडियो  (भिडियोसहित) लकडाउनका बेला घरको चारभित्ता भित्र छायांकन गरिएको एउटा पृथक म्यूजिक भिडियो (भिडियोसहित)

२०७७ बैशाख १२ गते शुक्रबार

२४ अप्रिल, २०२० न्यूर्योक । विश्व यतिबेला कोरोनाको कहरका...

नेपालमा कोरोना : २ संक्रमित थपिए, निको हुनेको संख्या १६ पुग्यो नेपालमा कोरोना : २ संक्रमित थपिए, निको हुनेको संख्या १६ पुग्यो

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५१...

Top