Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार

काठमाडौंको पश्चिमी छिमेकी जिल्ला धादिङ्ग । काठमाडौंबाट मलेखु हुँदै करिब ९० किलोमिटरको यात्रा पछि पुगिन्छ धादिङ्गबेसी । अनि जिल्ला सदरमुकाम धादिङ्गबेसीबाट २८ किलोमिटर पारगरेपछि पुगिने ठाउँ हो सल्यानटार । पोहोरसम्म सल्यानटारसम्म गाडी पुग्न निक्कै ठूलो हण्डर खेप्नुपर्दथ्यो । यो वर्ष सडक कालोपत्र भएपछि सल्यानटारसम्म त सजिलै गाडी पुग्छ । तर त्यही सल्यानटार हुँदै आगिञ्चोक तर्फ अघि बढ्दा ४ किलोमिटर अगाडीको बाटोले सरकारलाई ‘कुरीकुरी’ गरिरहेको छ ।
जिल्लाको दर्जनौं गाउँका बासिन्दा ओहोर दोहोर गर्ने यो बाटो काठमाडौंको नयाँबसपार्कबाट मुस्किलले १ सय २५ किलोमिटरको दुरीमा छ । तर माघमा पनि गाडी धकेलेर र बाटो खनेरै गाडी लैजानुपर्ने बाध्यताले कुनै दुर दराजको जिल्लाको सडकको छनक दिने गरेको छ । थोरै पानी पर्दापनि यो क्षेत्रको सडक हिलाम्मे हुन्छ ।
प्रस्तुत भिडियोमा हामीले आगिञ्चोकमा सडक विग्रिएको छ भन्ने थाहा पाएपछि गाडीका ‘स्टाफले’ विग्रिएको सडकबाट गाडी उतार्न स्थानीय टारीबेसीबाट बालुवा लिएर अगडि बढेपछिका केही दृष्यहरु समावेश गरेका छौं । काठमाडौंबाट नजिकैको यो ठाउँमा मध्य हिउँदमा देखिएको सडक सकसले सरकार र स्थानीय जनप्रतिनिधिहरुलाई ‘कुरीकुरी’ गरिरहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
देशभर कोरोना संक्रमितको संख्या साढे २ लाख नजिक, निको हुने क्रम पनि बढ्दो
२०७७ मंशिर २८ गते आइतबार
१३ डिसेम्बर, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या साढे...
‘कोरोनाको खोप उपलब्ध नहुञ्जेल विद्यालय नखोल्न फिलिपिन्सका राष्ट्रपतिको निर्देशन
२०७७ जेठ १३ गते मंगलबार
२६ मे, २०२०मनिला । कोरोना भाइरसका संक्रमणका कारण करिब...
देशभर १०९ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको उपचार सफल
२०७७ बैशाख २७ गते शनिबार
०९ मे, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या १...
५ महिनाका लागि नयाँ प्रहरी प्रमुख नियुक्त, ज्ञवाली बने २७ औं प्रहरी महानिरीक्षक
२०७६ माघ २८ गते मंगलबार
१० फेब्रुअरी, २०२० काठमाडौं । सरकारले ५ महिनाका लागि...
Top