नेकपाका नेता पौडेल भन्छन् : ‘एमसीसी संसदबाट पारित हुन्छ, प्रधानमन्त्री समेत सकारात्मक हुनुहुन्छ’

Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार


२१ जनवरी, २०२०
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले एमसिसी संसदबाट पारित हुने दाबी गरेका छन् । उनले भने,‘एक शब्दमा भन्नुपर्दा एमसिसी सदनबाट पास हुन्छ । प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ । प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ । त्यसैले पार्लियामेन्टरी सिष्टममा ह्विप लागुहुन्छ ।

प्रधानमन्त्रीले यसलाई अघि बढाउन चाहनुभएको छ ।’ यद्धपी उनले एमसिसीको कतिपय प्रावधानमा भने आफ्ना रिर्जवेशन छन् ।’ काठमाडौंमा आज रिपोर्टस क्लवमा भएको कार्यक्रममा उनले नेपालमा थुप्रै राष्ट्रका सहयोग र अनुदानका कार्यक्रमहरु चलिरहेकोले ती कार्यक्रमहरु संसदबाट पारित नभएको पनि सुनाए । उनले भने,‘डिएफआईडी खासगरी युएन अन्तर्गतका अरु थुप्रै प्रोजेक्टहरु यहाँ सञ्चालित छन् । ती सञ्चालन गर्नको लागि सदनबाट पारित गरेर कानून बनाउनु परेको छैन् ।’ उनले एमसिसी कम्प्याक्टको बारेमा आफूहरुले गहन अध्ययन तथा अनुशन्धान गरेर नै बोलेको पनि स्पष्ट पारे ।

उनले भने,‘बाहिर सम्झौताको अध्ययन नै नगरी बोल्यो भन्नेपनि छ, तर मैले यो कम्प्याक्ट पूरै अध्ययन गरेको छु । अस्ति भर्खरै अमेरिकी दुतावासले जारी गरेको दश बुँदे निश्कर्षपनि हेरें । ’ उनले उक्त सम्झौतामा निकै शर्तहरु राखिएको भन्दै असन्तुष्टि पोखे । उनले भने,‘ती शर्तहरु जरुरी छैनन् । अनुदान भनेको त निशर्त दिने कुरा हो ।

नेपालमा ठूलो भुकम्प आयो, किन ग्रान्ट दिएन् ?’ पौडेलले एमसिसी लागु भएको देशमा गरिबी निवारण नभएको पनि जिकिर गरे । उनले भने,‘नेपालमा पनि भयानक प्रगति हुँदैन् । हामी अमेरिकाको ५५ अर्ब नगुमोस भन्ने पक्षमा छौं । नेपालको विकास र समृद्धिमा यसले सहयोग नै पुर्याउँछ । तर, यसमा उल्लेख गरिएका शर्तहरु जायज छैनन् । यसको बारेमा निकै बहस गर्न जरुरी छ ।’ उनले निशर्त अनुदान भैदिएको भए यति धेरै डिबेट नै हुँदैन थियो भन्ने उनको तर्क छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

जनवरी १ को अर्को पाटो : राष्ट्रिय टोपी दिवस जनवरी १ को अर्को पाटो : राष्ट्रिय टोपी दिवस

२०७६ पुष १५ गते मंगलबार

०१ जनवरी, २०२० काठमाडौं । आज अँग्रेजी नयाँ वर्षको...

क्यानडामा कोरोना संक्रमित दैनिक बढ्दै, झण्डै २५ हजार संक्रमित पुग्दा ७ सय ३५ को मृत्यु क्यानडामा कोरोना संक्रमित दैनिक बढ्दै, झण्डै २५ हजार संक्रमित पुग्दा ७ सय ३५ को मृत्यु

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० टोरन्टो । पछिल्ला दिनहरुमा क्यानडामा कोरोना...

तत्काल संसद बैठक बोलाउन दलहरुको माग, सभामुखमा काँग्रेसको दाबी तत्काल संसद बैठक बोलाउन दलहरुको माग, सभामुखमा काँग्रेसको दाबी

२०७६ मंशिर १९ गते बिहिबार

०५ डिसेम्बर, २०१९ काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले...

अख्तियार पस्यो गुठीसंस्थानमा : प्रमुख प्रशासक पुगे अख्तियारको हिरासतमा अख्तियार पस्यो गुठीसंस्थानमा : प्रमुख प्रशासक पुगे अख्तियारको हिरासतमा

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९ काठमाडौं । पछिल्ला केही महिनायता गुठी...

Top