Best Khabar Team | २०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९
कोपनहेगन/डेनमार्कमा हुन लागेको आसन्न संसदीय चुनावको पर्यवेक्षणका लागि नेपालबाट काँग्रेस उपसभापतिको नेतृत्वमा एक टोली आज कोपनहेगन आइपुगेको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि नेतृत्वको टोली यहि जुन ५ तारिकमा हुन लागेको संसदीय निर्वाचनको पर्यवेक्षणका लागि कोपन हेगन आइपुगेको हो ।
डेनिस इन्स्टिच्यूट फर पार्टीज् एण्ड डेमोक्रेसी (डीआइपीडी) को निमन्त्रणमा उपसभापति निधिसहितको टोली काठमाडौंबाट कोपनहेगन आइपुगेको हो । यहाँ रहँदा निधी नेतृत्वको टोलीले निर्वाचन अभियान तथा संसदीय चुनावका विभिन्न तयारीलगायतका विषयमा समेत जानकारी लिने छ । स्थलगत अवलोकनका उपसभापति निधिले यहाँका मतदाता, युवा, महिला लगायतका समूहसंग भेटेर कुराकानी गर्नु हनुेछ ।
यसैगरी चुनावको दिन बिहीबार मतदान मतदान स्थलमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको छ । उपसभापति निधिले चुनाबको भोलिपल्ट राजनीतिक दलका नेताहरुसंग अन्तरक्रिया गर्नु हुनेछ।

नेपाल डेनमार्क बाहिर बनेको डीआइपीडीको पहिलो सदस्य मुलुक हो । जसलाई सन् २०१० मे २६ मा त्याँहाको संसदले मान्यता दिएको थिया । त्यसपछि नेपालको संसदले सन् २०१२ मा बिभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको दलहरुको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो।
नेपालजस्तो विकासशील मुलुकमा प्रजातान्त्रिक शासन व्यबस्थाको सवलीकरणका लागि दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता अनुसार डेनर्माको संसदले यो संस्था गठन गरेको हो। यो संस्थाले मुलुकमा दलहरुबीचको सहकार्यमा जोड दिने गर्दछ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उपत्यकाका यी अस्पतालहरुमा लगाईन्छ कोरोनाविरुद्धको खोप (नामावलीसहित)
२०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१काठमाडौं । आगामी बुधबारबाट सञ्चालनमा ल्याउन लागिएको...
रसिया कारोना संक्रमितको सूचीमा विश्वकै दोश्रो नम्बरमा उक्लियो
२०७७ जेठ ४ गते आइतबार
१७ मे, २०२०मस्को । युरोप र अमेरिकी राष्ट्रहरुमा कोरोनाले...
सिराहको बैंकबाट ५ करोड रुपैयाँ लुट्ने लुटेरा काठमाडौंमा पक्राउ
२०७६ पुष २० गते आइतबार
०५ जनवरी, २०२० काठमाडौं । सिराहामा रहेको कृषि विकास...
काठमाडौं छिर्न लागेका २४ जनामा कोरोना संक्रमण भेटिएपछि दैनिक १२ घण्टा काठमाडौं प्रवेशमा रोक
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०काठमाडौं । विगत केहीदिनयता काठमाडौं प्रवेश गर्ने...
Top