Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२०
पोखरा । बहुचर्चित अन्नपूर्ण आधार शिविरमा गएको हिम पहिरोका कारण सो क्षेत्रमा पुगेका आधादर्जन पर्यटक सम्पर्कविहिन भएका छन् । १ चिनियाँ र ३ कोरियाली र २ नेपाली र कुल ६ जना पर्यटक आज बिहानदेखि सम्पर्कविहिन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण अन्नपूर्णक्षेत्रमा व्यापक हिमपात हुनुका साथै हिम पहिरोहरु समेत गएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउराली भन्ने ठाउँको बीच भागमा ठूलो हिमपहिरो गएको र सोही स्थान वरिपरि उनीहरु फसेको हुनसक्ने आशंका गरिएको छ । विदेशी पर्यटकसँगै पदयात्रामा गएका २ जना नेपालीहरुसमेत सम्पर्कबाहिर रहेको बताइएको छ । उनीहरुको नाम खुल्न सकेको छैन ।
घटनाको जानकारी पाएलगत्तै पोखरास्थित ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ् नेपालको क्षेत्रीय कार्यालय प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र विशेषज्ञ उद्दारकर्ताहरुको टोली घटनास्थलतर्फ गएका छन् । यद्यपि खराब मौसम र वर्षाका कारण घटनास्थल पुग्न कठिनाई भएको बताइएको छ । खराव मौसमका कारण सो क्षेत्रमा मोबाईल सेवा समेत अवरुद्ध बनेको छ ।
हिजो साँझदेखि सो क्षेत्रमा वर्षा भै रहेको छ । जसका कारण अन्नपूर्ण आधार शिविर क्षेत्रमा पुगेका सयौं पर्यटक समस्यामा परेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘कोरोनाको दबाई’ खोज्दै पुराना गायक–गायिकाद्वय कार्की र आले
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको...
हारेर होइन जितेर हराऔं कोरोना
२०७७ जेठ १९ गते सोमबार
बैदेशिक रोजगारीका लागि जन्मभूमिलाई छाडेर कर्मभूमि कतारमा छु यतिबेला...
सार्वजनिक बसमा महिलामाथि यौन हर्कत गर्ने युवक ‘रिक्सा चालक’
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । करिब एक वर्षअघि काठमाडौंको...
देशैभरी माघेझरी, हिमाली जिल्लामा हिमपात, आइतबारदेखि मौसममा सुधार आउने
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०काठमाडौं । पश्चिमी बायुको न्यून चापीय प्रणाली...
Top