अन्नपूर्ण आधार शिविरमा हिमपहिरो : ४ विदेशी पर्यटकसहित ६ जनाको अवस्था अज्ञात

Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार


फाइल तस्वीर : अन्नपूर्ण हिमाल

१७ जनवरी, २०२०
पोखरा । बहुचर्चित अन्नपूर्ण आधार शिविरमा गएको हिम पहिरोका कारण सो क्षेत्रमा पुगेका आधादर्जन पर्यटक सम्पर्कविहिन भएका छन् । १ चिनियाँ र ३ कोरियाली र २ नेपाली र कुल ६ जना पर्यटक आज बिहानदेखि सम्पर्कविहिन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण अन्नपूर्णक्षेत्रमा व्यापक हिमपात हुनुका साथै हिम पहिरोहरु समेत गएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउराली भन्ने ठाउँको बीच भागमा ठूलो हिमपहिरो गएको र सोही स्थान वरिपरि उनीहरु फसेको हुनसक्ने आशंका गरिएको छ । विदेशी पर्यटकसँगै पदयात्रामा गएका २ जना नेपालीहरुसमेत सम्पर्कबाहिर रहेको बताइएको छ । उनीहरुको नाम खुल्न सकेको छैन ।

घटनाको जानकारी पाएलगत्तै पोखरास्थित ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ् नेपालको क्षेत्रीय कार्यालय प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय र विशेषज्ञ उद्दारकर्ताहरुको टोली घटनास्थलतर्फ गएका छन् । यद्यपि खराब मौसम र वर्षाका कारण घटनास्थल पुग्न कठिनाई भएको बताइएको छ । खराव मौसमका कारण सो क्षेत्रमा मोबाईल सेवा समेत अवरुद्ध बनेको छ ।

हिजो साँझदेखि सो क्षेत्रमा वर्षा भै रहेको छ । जसका कारण अन्नपूर्ण आधार शिविर क्षेत्रमा पुगेका सयौं पर्यटक समस्यामा परेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा ५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पर्वत अस्पतालले बन्द ग-यो आकस्मिक बाहेकका सबै सेवा

२०७७ असार ५ गते शुक्रबार

१९ जुन, २०२०फलेबास, पर्वत । अस्पतालमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा...

लकडाउन खुकुलो हुँदा यी क्षेत्रहरु तत्काल खुल्दैछन् (सूचीसहित) लकडाउन खुकुलो हुँदा यी क्षेत्रहरु तत्काल खुल्दैछन् (सूचीसहित)

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । सरकारले भोलिदेखि लागूहुने गरी मुलुकभर...

उभौलीमा किराँतीहरुले काठमाडौंमा धुम मच्चाउने उभौलीमा किराँतीहरुले काठमाडौंमा धुम मच्चाउने

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । किराती नव–साँस्कृतिक केन्द्रले यही...

अफ्रिकाका ४५ देशमा फैलियो कोरोना संक्रमण : ४ दर्जनको मृत्यु, ४ हजार संक्रमित अफ्रिकाका ४५ देशमा फैलियो कोरोना संक्रमण : ४ दर्जनको मृत्यु, ४ हजार संक्रमित

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२०कायरो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

Top