पर्यटकका लागि थप आकर्षक गन्तव्य बन्दै टिस्टुङ, थपियो प्याराग्लाईडिङ् सेवा

Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार


१७ जनवरी, २०२०
हेटौंडा । काठमाडौंसँग सिमाना जोडिएको मकवानपुर जिल्लाको टिस्टुङ्गमा प्याराग्लाइडिङ् सेवा शुरु हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र यहाँस्थित उत्साहि पर्यटन व्यवसायीहरु सम्मिलित टिस्टुङ प्याराग्लाइडिङ प्रालिको सहकार्यमा पर्यटकीय क्षेत्र टिस्टुङ्गमा छिट्टै नै प्याराग्लाडिङ्ग सेवा शुरु गर्न लागिएको हो । हिउँका पारखीहरु तथा प्राकृतिक सुन्दरताको लागि उत्कृष्ट टिस्टुङ्गमा अब सहासिक पर्यटनको रुपमा परिचित प्याराग्लाइडिङ्ग खेल सेवा थप भएसँगै यहाँ आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।

प्याराग्लाईडिङ्ग स्थल

काठमाडौं र आसपासमा हिमपात हुँदा मकवानपुरको दामान र टिस्टुङ्गमा हिँउ पर्ने भएकोले यहाँ हिउँ परेका बेला हिउँ खेल्नेहरुको भिड् लाग्ने गरेको छ । त्रिभुवन राजपथ अन्र्तगत पर्ने टिस्टुङ्गमा शुरुहुने प्याराग्लाइडिङ्ग अधिकतम ५ हजार फिटको उचाईसम्म हुनेछ । नेपाल भ्रमणवर्ष २०२० को सन्दर्भ तथा स्वदेशी तथा विदेशी पर्यटकलाई मध्यनजर गर्दै आगामी फागुन १५ गते अर्थात् २७ फेब्रुअरीबाट यो सेवा शुरु हुने बताइएको छ ।

काठमाडौंबाट टिस्टुङ्गको देउरालीसम्मको दुरी करिब ५५ किलोमिटर रहेको छ । प्रदेशनम्बर ३ को राजधानी बन्न लागेको मकवानपुरको हेटौंडाबाट ८४ किलोमिटर उत्तर पश्चिममा पर्ने टिस्टुङ्ग काठमाडौंबासीहरुको पनि पर्यटकीय गन्तव्यको रुपमा रहेको छ । यहाँको अर्गानिक खानेकुरा, जीवनशैलीलगायतले स्वदेशी तथा विदेशी पर्यटकको ध्यान खिच्ने गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेकपाका नेता पौडेल भन्छन् : ‘एमसीसी संसदबाट पारित हुन्छ, प्रधानमन्त्री समेत सकारात्मक हुनुहुन्छ’ नेकपाका नेता पौडेल भन्छन् : ‘एमसीसी संसदबाट पारित हुन्छ, प्रधानमन्त्री समेत सकारात्मक हुनुहुन्छ’

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी...

२४ घण्टामा २८९ जना कोरोना संक्रमित थपिए २४ घण्टामा २८९ जना कोरोना संक्रमित थपिए

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा पछिल्लो २४...

काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीसहित थप ३२ मा कोरोना काठमाडौंको ग्राण्डी अस्पतालका कर्मचारीसहित थप ३२ मा कोरोना

२०७७ जेठ १० गते शनिबार

२३ मे, २०२०काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा रहेको ग्राण्डी...

राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) लाई मध्यनजर...

Top