Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२० आबुधावी । संयुक्त अरव इमिरेट्समा हिजो बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने ६ जना मध्ये ३ जना नेपाली भएको त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ । युएईको शहर नजिकैको स्थानीय अल रहा भन्ने ठाउँमा हिजो गुडिरहेको बस अनियन्त्रित भै लरीमा ठोक्किँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो भने १४ जना घाइते भएका थिए ।
सो दुर्घटनामा ज्यान गुमाउनेहरुमा हरु ३ जना विदेशी नागरिक रहेको बताइएको छ । कम्पनीको बस चढेर उनीहरु कार्यस्थल जाने क्रममा सो दुर्घटना भएको थियो । दुर्घटनामा पश्चिम नेपालको प्युठान स्थायी घर भएकी भावना कुँबर, पूर्वी नेपालको झापा दमककी कृष्णाकुमारी अधिकारी र ठेगाना नखुलेकी अमिसा मोक्तानको ज्यान गएको थियो । सो दुर्घटनामा घाइते १४ जना नेपालीको स्थानीय अस्पतालमा उपचार भै रहेकोमा एक जना भने सामान्य उपचारपछि कोठामा फर्किएकी छन् ।
दुर्घटनाको विषयमा स्थानीय प्रहरीले अनुसन्धान शुरु गरेको छ । मृतक तथा घाइते सबै ४० वर्षभन्दा कम उमेरका भएको बताइएको छ । उनीहरु बैदेशिक रोजगारीका लागि अबुधावी गएका थिए ।
सो बसमा चालकसहित २४ जना सवार थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमणमा भारतले राख्यो विश्वमै नयाँ रेकर्ड : एकैदिन ८३ हजार भन्दा बढी संक्रमित भेटिए
२०७७ भाद्र १८ गते बिहिबार
०३ सेप्टेम्बर, २०२०नयाँदिल्ली । विश्वमै २४ घण्टाभित्र सबैभन्दा धेरै...
पर्वतको दुर्लुङ्मा भीषण पहिरो, २ घर पुर्दा ७ वेपत्ता, २ को शव भेटियो
२०७७ जेठ ३१ गते शनिबार
१३ जुन, २०२०फलेबास, पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुस्मासँगै...
पूर्वप्रम भट्टराईको ट्वीट ‘विवादित’
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले...
हटाईँदै होर्डिङ्गबोर्ड, फेरिँदै काठमाडौंको मुहार
२०७६ पुष ११ गते शुक्रबार
२७ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दन्य छोप्नका...
Top