Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२० आबुधावी । संयुक्त अरव इमिरेट्समा हिजो बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने ६ जना मध्ये ३ जना नेपाली भएको त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ । युएईको शहर नजिकैको स्थानीय अल रहा भन्ने ठाउँमा हिजो गुडिरहेको बस अनियन्त्रित भै लरीमा ठोक्किँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो भने १४ जना घाइते भएका थिए ।
सो दुर्घटनामा ज्यान गुमाउनेहरुमा हरु ३ जना विदेशी नागरिक रहेको बताइएको छ । कम्पनीको बस चढेर उनीहरु कार्यस्थल जाने क्रममा सो दुर्घटना भएको थियो । दुर्घटनामा पश्चिम नेपालको प्युठान स्थायी घर भएकी भावना कुँबर, पूर्वी नेपालको झापा दमककी कृष्णाकुमारी अधिकारी र ठेगाना नखुलेकी अमिसा मोक्तानको ज्यान गएको थियो । सो दुर्घटनामा घाइते १४ जना नेपालीको स्थानीय अस्पतालमा उपचार भै रहेकोमा एक जना भने सामान्य उपचारपछि कोठामा फर्किएकी छन् ।
दुर्घटनाको विषयमा स्थानीय प्रहरीले अनुसन्धान शुरु गरेको छ । मृतक तथा घाइते सबै ४० वर्षभन्दा कम उमेरका भएको बताइएको छ । उनीहरु बैदेशिक रोजगारीका लागि अबुधावी गएका थिए ।
सो बसमा चालकसहित २४ जना सवार थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
तरकारी नष्ट गरिएको घटनाप्रति कृषि मन्त्रालयको ध्यानाकर्षण, निर्वाधरुपमा विक्री वितरण गर्न आग्रह
२०७७ जेठ १९ गते सोमबार
०१ जुन, २०२०काठमाडौं । कोरोनाको बहानामा देशका विभिन्न जिल्लामा...
आफ्ना २० सैनिक मारिएपछि चीनसँगको आगामी रणनीति तय गर्दै भारत, शुक्रबार सर्वदलीय बैठक आह्वान
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०नयाँदिल्ली । भारत र चीनबीचको सीमावर्ती क्षेत्र...
साइकल चढेरै नर्बेबाट नेपाल आउँदै एक नर्वेजियन युवा
२०७६ फाल्गुन ३ गते शनिबार
बन्दना सापकोटा / बेष्टखबर डटकम काठमाडौं । तपाईँले साइकलमा...
विप्लव समूह र प्रहरीबीच पूर्वी नेपालमा गोली हानाहान : २ को मृत्यु एक घाईते
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । पूर्वी नेपालको भोजपुर जिल्लामा...
Top