पूर्वराजदूत शर्माको हृदयघातका कारण लण्डनमा निधन

Best Khabar Team | २०७६ माघ २ गते बिहिबार


१६ जनवरी, २०२०

लण्डन । पूर्वराजदूत मुरारीराज शर्माको हृदघातका कारण निधन भएको छ । ६८ वर्षका शर्माको बेलायतको लण्डस्थित पट्नीस्स्थित आफ्नै घरमा बिहान ११ बजेतिर निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ बिहानी भ्रमणमा निस्केर घर आएलगत्तै मंगलबार असजिलो महसुस गरेका शर्माको एक्कासी घरमै निधन भएपछि परिवार अहिले शोकमा डुबेको छ । विहानी भ्रमणबाट घर आएर बिहानीको खाजा खाएलगत्तै अप्ठेरो भयो भन्दै एक्कासी बेहोस भएका शर्मा पछि उठेनन् ।

सन् २००७ नोभेम्बर देखि २००९ अप्रिलसम्म बेलायतका लागि नेपाली राजदूतको रुपमा कार्यरत शर्माले २००८ को फेब्रुअरी तेश्रो हप्ता बेलायती महारानी एलिजाबेथ समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर न्युयोर्कमा समेत काम अनुभव उनीसँग थियो । पूर्वी नेपलको भोजपुर जिल्लामा पर्ने दिङ्गलामा जन्मनुभएका शर्माका २ छोरा अमेरिकामा छन् । उनीहरु चिकित्सक पेशामा कार्यरत छन् ।

४० वर्षअघि नेपालको निजामती सेवामा प्रवेश गरेका शर्मा बेलायतमा रहेका नेपाली तथा विदेशीहरुमाझ सुपरिचित पूर्व कुटनीतिज्ञको रुपमा परिचित थिए । उनको अन्त्येष्टि बेलायतमा गर्ने वा अन्यत्र गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन । छोराहरु अमेरिकाबाट लण्डन आएपछि अन्त्येष्टि कहाँ गर्ने भन्ने निर्णयमा पुगिने लण्डनस्थित उनको आफन्तले जनाएको छ । शर्मा उहाँकी श्रीमतीसँग लण्डनमा बस्दै आएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ

२०७६ असार ३ गते मंगलबार

१८ जुन, २०१९ काठमाडौं । सम्पदा अभियन्ता पवित्र बज्राचार्य...

काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालका ७ विरामीमा कोरोना संक्रमण, अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालका ७ विरामीमा कोरोना संक्रमण, अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द

२०७७ असार २३ गते मंगलबार

०८ जुलाई, २०२०काठमाडौं । आफ्नो अस्पतालमा उपचाररत ७ जना...

नेपाल भ्रमण वर्ष २०२० : २ करोड खर्च गरी भव्य उद्घाटन कार्यक्रम गरिँदै नेपाल भ्रमण वर्ष २०२० : २ करोड खर्च गरी भव्य उद्घाटन कार्यक्रम गरिँदै

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन...

भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१ भारतमा कोरोना : संक्रमित २१ हजार नाघे, मृतक ६ सय ८१

२०७७ बैशाख ११ गते बिहिबार

२४ अप्रिल, २०२०नयाँदिल्ली । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

Top