पूर्वराजदूत शर्माको हृदयघातका कारण लण्डनमा निधन

Best Khabar Team | २०७६ माघ २ गते बिहिबार


१६ जनवरी, २०२०

लण्डन । पूर्वराजदूत मुरारीराज शर्माको हृदघातका कारण निधन भएको छ । ६८ वर्षका शर्माको बेलायतको लण्डस्थित पट्नीस्स्थित आफ्नै घरमा बिहान ११ बजेतिर निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ बिहानी भ्रमणमा निस्केर घर आएलगत्तै मंगलबार असजिलो महसुस गरेका शर्माको एक्कासी घरमै निधन भएपछि परिवार अहिले शोकमा डुबेको छ । विहानी भ्रमणबाट घर आएर बिहानीको खाजा खाएलगत्तै अप्ठेरो भयो भन्दै एक्कासी बेहोस भएका शर्मा पछि उठेनन् ।

सन् २००७ नोभेम्बर देखि २००९ अप्रिलसम्म बेलायतका लागि नेपाली राजदूतको रुपमा कार्यरत शर्माले २००८ को फेब्रुअरी तेश्रो हप्ता बेलायती महारानी एलिजाबेथ समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर न्युयोर्कमा समेत काम अनुभव उनीसँग थियो । पूर्वी नेपलको भोजपुर जिल्लामा पर्ने दिङ्गलामा जन्मनुभएका शर्माका २ छोरा अमेरिकामा छन् । उनीहरु चिकित्सक पेशामा कार्यरत छन् ।

४० वर्षअघि नेपालको निजामती सेवामा प्रवेश गरेका शर्मा बेलायतमा रहेका नेपाली तथा विदेशीहरुमाझ सुपरिचित पूर्व कुटनीतिज्ञको रुपमा परिचित थिए । उनको अन्त्येष्टि बेलायतमा गर्ने वा अन्यत्र गर्ने भन्ने विषयमा टुंगो लागिसकेको छैन । छोराहरु अमेरिकाबाट लण्डन आएपछि अन्त्येष्टि कहाँ गर्ने भन्ने निर्णयमा पुगिने लण्डनस्थित उनको आफन्तले जनाएको छ । शर्मा उहाँकी श्रीमतीसँग लण्डनमा बस्दै आएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य

२०७६ चैत्र २५ गते मंगलबार

०७ मार्च, २०२० बेइजिङ्ग । गत डिसेम्बरको अन्तिम साताबाट...

भारतसँगको साप्ताहिक हवाई उडान दोब्बर बनाउँदै नेपाल भारतसँगको साप्ताहिक हवाई उडान दोब्बर बनाउँदै नेपाल

२०७८ श्रावण ४ गते सोमबार

१९ जुलाई, २०२१नयाँदिल्ली, भारत । नेपालले भारतसँग हाल भैरहेको...

नेपालमा रोकिएकाहरुलाई हङकङ र जापान जान बाटो खुल्यो नेपालमा रोकिएकाहरुलाई हङकङ र जापान जान बाटो खुल्यो

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौं । कोरोनाको प्रकोपपछि भएको लकडाउनका कारण...

अमेरिकी प्रहरीले २० वर्षअघिको बलात्कार काण्डका नेपाली पक्राउ गरी नेपाल पठायो अमेरिकी प्रहरीले २० वर्षअघिको बलात्कार काण्डका नेपाली पक्राउ गरी नेपाल पठायो

२०७६ कार्तिक ७ गते बिहिबार

२४ अक्टोबर, २०१९ टेक्सास । पूर्वी नेपालको झापा जिल्लामा...

Top