Best Khabar Team | २०७६ पुष २८ गते सोमबार

१३ जनवरी, २०२०
लिस्बन । पोर्चुगलको राजधानी लिस्बनबाट दक्षिण पश्चिममा पर्ने पर्यटकीय क्षेत्र कासकाईसमा समुद्रमा डुबेर २ नेपालीको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा एकैघरका सदोहर दाजुभाई कमल वाईबा तामाङ र श्याम वाईबा तामागं छन् । पोर्चुगलको टेलिभिजन सिसले जनाएअनुसार उनीहरु माछा मार्ने उद्देश्यले सो स्थानमा गएको बताइएको छ । उनीहरुको नेपालको ठेगाना खुल्न सकेको छैन ।

आइतबार दिउँसोको समयमा उनीहरु कासकाईस पुगेको थिए । समुद्रमा एक्कासी आएको छालले उनीहरुलाई समुद्री भूमरीमा तानेको थियो । दुर्घटनालगत्तै स्थनीय तथा प्रत्यक्षदर्शीले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।
लगत्तै गोताखोरसहितको टोली समुद्रमा हराईरहेका नेपाली दाजुभाईको खोजीका लागि पुगेको थियो । केही समयको प्रयासपछि प्रहरीले उनीहरुको शव निकालेको हो । मृतक दाजुभाई ९ महिना अघि मात्रै पोर्चुगल पुगेका थिए । उनीहरु सोही स्थानमा रस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आइरहेका नेपाली दाजुभाई रहेको बताइएको छ । कासकाईसको ‘बोका डो इन्फर्नो’ भन्ने स्थानमा माछा मार्न पुगेका ती नेपाली दाजुभाईको शव अहिले स्थानीय अस्पतालमा राखिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सभ्य समाज निर्माणका लागि मिडिया विधेयक : प्रधानमन्त्री ओली
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...
कोरोनाका कारण दुबईमा एक नेपालीको मृत्यु
२०७७ बैशाख २८ गते आइतबार
१०मे, २०२०दुबई । संयुक्त अरब इमिरेट्सको दुबई शहरमा कोरोना...
नेपालमा कोरोना संक्रमण बढ्दो : पछिल्लो २४ घण्टामा ४ सय २५ जना थपिए
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । पछिल्ला केही साता यता नेपालमा...
कोरोनाबाट विश्वभर ज्यान गुमाउनेको संख्या पौने ३ लाख नाघ्यो, करिब ४० लाख संक्रमित
२०७७ बैशाख २६ गते शुक्रबार
०८ मे, २०२०लिंकरोभर बेल्जियम । कोरोना अर्थात् कोभिड १९...
Top