Best Khabar Team | २०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९
काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीको अनुहारमा एसिड प्रहार गरेका छन् । घरायसी झगडाको विषयले उग्ररुप लिँदा काभ्रेको धुलीखेल स्थायी घर भएका विष्णु भुजेलले श्रीमती जेनी खड्काको अनुहारमा एसिड छ्यापेका हुन् । घटना बुधबार साँझको हो । बोतलमा एसिड भरेर ल्याएका भुजेलले जेनीको टाउकोमा खन्याइदिएका थिए। घाइते खड्काको हाल कीर्तिपुर अस्पतालमा उपचार भै रहेको छ ।

लामो समयदेखि श्रीमान् श्रीमतीबीचको विवादका कारण श्रीमती खड्का श्रीमान्बाट अलगै बस्दै आएकी थिएन् । तर भुजेलले भने आफूसँगै बस्न श्रीमतीलाई दबाब दिएका थिए । तर श्रीमतीले नमानेपछि उनले मदिरा सेवन गरी श्रीमतीमाथि तेजाव खन्याएका हुन् । घटनामा संलग्न भुजेललाई प्रहरीले काठमाडौंको काँडाघारीाबट नियन्त्रणमा लिएको छ ।
उनीहरु ६ वर्षअघि विवाह बन्धनमा बाँधिएका थिए । विवादकै कारण एक छोरालाई पनि
श्रीमान्बाट अलगै बस्दै आएकी खड्काले सँगै लिएर बसेकी थिएन् । खड्काको टाउको र हात जलेको छ । भुजेलले भने श्रीमती आफूसँग बस्न नमान्नुको कारण परपुरुषसँग अनैतिक सम्बन्ध रहेको आरोप लगाएका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बिवाह बन्धनमा बाँधिइन् स्वेता
२०७७ मंशिर २२ गते सोमबार
०७ डिसेम्बर, २०२०काठमाडौं । नायिका स्वेता खड्का पुनः विवाह...
केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक...
कोरोनाबाट नेपालमा चौधौं मृत्यु : स्याङ्जाका पुरुषले पोखरामा ज्यान गुमाए
२०७७ जेठ २६ गते सोमबार
०८ जुन, २०२०लेकसाईड, कास्की । । नेपालमा कोरोना संक्रमणबाट...
जेठ ३१ (जुन १३) सम्म नेपालको सबै आन्तरिक र बाह्य हवाई उडान तथा छिमेकी देशसँगको नाका बन्द
२०७७ जेठ ७ गते बुधबार
२० मे, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न नदिन...
Top