काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ

Best Khabar Team | २०७६ जेठ १ गते बुधबार


१५ मे, २०१९
काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीको अनुहारमा एसिड प्रहार गरेका छन् । घरायसी झगडाको विषयले उग्ररुप लिँदा काभ्रेको धुलीखेल स्थायी घर भएका विष्णु भुजेलले श्रीमती जेनी खड्काको अनुहारमा एसिड छ्यापेका हुन् । घटना बुधबार साँझको हो । बोतलमा एसिड भरेर ल्याएका भुजेलले जेनीको टाउकोमा खन्याइदिएका थिए। घाइते खड्काको हाल कीर्तिपुर अस्पतालमा उपचार भै रहेको छ ।

आक्रमणकारी भुजेल र माथि एडिसले जलेको खड्काको हात ।

लामो समयदेखि श्रीमान् श्रीमतीबीचको विवादका कारण श्रीमती खड्का श्रीमान्बाट अलगै बस्दै आएकी थिएन् । तर भुजेलले भने आफूसँगै बस्न श्रीमतीलाई दबाब दिएका थिए । तर श्रीमतीले नमानेपछि उनले मदिरा सेवन गरी श्रीमतीमाथि तेजाव खन्याएका हुन् । घटनामा संलग्न भुजेललाई प्रहरीले काठमाडौंको काँडाघारीाबट नियन्त्रणमा लिएको छ ।

उनीहरु ६ वर्षअघि विवाह बन्धनमा बाँधिएका थिए । विवादकै कारण एक छोरालाई पनि
श्रीमान्बाट अलगै बस्दै आएकी खड्काले सँगै लिएर बसेकी थिएन् । खड्काको टाउको र हात जलेको छ । भुजेलले भने श्रीमती आफूसँग बस्न नमान्नुको कारण परपुरुषसँग अनैतिक सम्बन्ध रहेको आरोप लगाएका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

मध्यराति पोखरामा भूकम्पको धक्का मध्यराति पोखरामा भूकम्पको धक्का

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२० लेकसाईट । कास्की जिल्लाको पोखरालगायतका स्थानमा...

माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको...

अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित) अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित)

२०७७ श्रावण २७ गते मंगलबार

११ अगस्ट, २०२०न्यूर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट...

बेलायतमा कोरोनाबाट अर्का एक नेपालीको  निधन,  ज्यान गुमाउनेको संख्या ३ पुग्यो बेलायतमा कोरोनाबाट अर्का एक नेपालीको निधन, ज्यान गुमाउनेको संख्या ३ पुग्यो

२०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२० लण्डन । कोरोना (कोभिड १९) को...

Top