Best Khabar Team | २०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२०
काठमाडौं । विकट कर्णाली प्रदेशमा हिजो बिहानदेखि व्यापक हिमपात शुरु भएको छ । कर्णाली अञ्चलका, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेखलायतका जिल्लाका उच्च हिमाली भूभागमा झण्डै १ फिटसम्म हिउँ जमेको छ । हिमपातका कारण चिसो बढेपछि दैलेखमा राउटे समुदायका २ जना बालकको ज्यान गएको छ प्रहरीका अनुसार जंगलमा बस्दै आएका राउटे समुदायका १४ वर्षीय पीपल शाही र हर्कबहादुर साहिका ४ महिनाका छोरा जंगबहादुरको चिसोका कारण ज्यान गएको छ ।
सकुशल सुतेका दुबै बालकहरुको बिहान उठ्दा ओछ्यानमै मृत अवस्थामा भेटिएका थिए । रातभर परेको हिमपातका कारण बढेको चिसोमा कठ्यांग्रिएर उनीहरुको ज्यान गएको परिवारले जानकारी दिएको छ । बालकको मृत्युसँगै राउटे परिवारमा रुवाबासी चलेको छ । जंगलमा फिरन्ते जिवन विताउँदै आएका राउटे समुदायलाई यसकारले यसअघि नै पक्की घर बनाइने बताएपनि आफ्नो परम्परागत फिरन्ते बसाईलाई उनीहरुले निरन्तरता दिँदा विभिन्न समस्या भोग्दै आएका छन् ।
कर्णाली अञ्चलका अधिकांश जिल्लाहरुमा हिमपातका कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण ती जिल्लाहरुमा विद्यालयहरु बन्द छन् भने अन्य सरकारी कार्यालयहरुमा समेत काम प्रभावित बनेको छ । हिमपातका कारण कतिपय जिल्लामा विद्युत् तथा टेलिफोन सेवा अवरुद्ध छ ।
विद्युत् अवरुद्ध हुँदा मोबाइल टावरहरुमासमेत समस्या देखिएको छ । साथै हुम्ला, मुगुलगायतका जिल्लाको तापक्रम माइनस ३ सम्म पुगेको छ । कतिपय हिमाली जिल्लाहरुमा रहेका विमानस्थलमा हवाई सेवा समेत अवरुद्ध बनेको छ । अझै केही साता ती जिल्लाहरुमा चिसो बढ्ने र हिमपात जारी रहने मौसमविद्हरुले जनाएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
New Height of Mount Everest 8848.68 metres
२०७७ मंशिर २३ गते मंगलबार
08, December, 2020 THE HIGHEST POINT on Earth has a...
भारतीय ‘कोभिसिल्ड’ नामक कोरोना भ्याक्सिन लगाउन नेपालमा आपत्कालीन अनुमति
२०७७ माघ २ गते शुक्रबार
१५ जनवरी, २०२१काठमाडौं । सरकारले छिमेकी मुलुक भारतले हालै...
प्रदेश ५ को राजधानी बुटबल र नाम लुम्बिनी कायम हुने सम्भावना प्रवल
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० बुटबल । अन्ततः प्रदेश नम्बर ५...
नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ पुग्यो
२०७६ चैत्र १२ गते बुधबार
२५ मार्च, २०२० काठमाडौं । केही साता अघि खाडी...
Top