भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु

Best Khabar Team | २०७६ पुष १७ गते बिहिबार


तस्वीर साभार : हिन्दुस्थान टाइम्स ।

०२ जनवरी, २०२०
कास्मिर । भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र कास्मिरमा सिमा सुरक्षामा खटिएका भारतीय सैनिक र पाकिस्तानी सुरक्षाफौजबीच भएको गोलाबारीमा एक नेपालीको ज्यान गएको छ । सो घटनामा ज्यान गुमाउनेमा भारतीय सेनामा कार्यरत नेपालको गोर्खा जिल्ला स्थायी घर भएका एक नेपाली भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृतक नेपाली गोर्खाको दुर्गम रिप गाउँपालिकाका वडा नम्बर २ का २४ वर्षका अर्जुन थापामगर रहेको बताइएको छ । सो घटनामा अर्का एक भारतीय सैनिकको पनि ज्यान गएको छ । सिमास्थलमा हुने गरेका शकास्पद गतितिविको खोजविनका लागि थापामगरसहित अन्य सैन्य टोली सो स्थानमा पुगेका बेला पाकिस्तानी सुरक्षाफौजसँग कास्मिरको ‘थरेत’ नामकोजंगलमा जम्काभेट भएपछि गोलाबारी भएको बताइएको छ ।

पछिल्लो समयमा भारत पाक सिमावर्ती कास्मिर क्षेत्रमा आतंकवादी गतिविधि बढ्न थालेपछि भारतीय सेनाले गस्ती बढाएको थियो । दशकौं अघिदेखि भारत पाक सिमा विवादका कारण कास्मिरमा ठूलो संख्यामा भारतीय सेना खटिँदै आएका छन् । सो क्षेत्रमा पाकिस्तानले पनि सुरक्षा व्यवस्था मजबुत बनाएको छ । भारतीय सेनामा हजारौंको संख्यामा नेपालीहरु कार्यरत छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंका सडकबाट मगन्ते हटाउन सप्ताहव्यापी अभियान काठमाडौंका सडकबाट मगन्ते हटाउन सप्ताहव्यापी अभियान

२०७६ पुष १२ गते शनिबार

२९ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि उपत्यका...

सेतो छालावालाको कालो कर्तुत : बालबालिकामाथि यौन दुराचार गर्ने अमेरिकी नागरिक मुडे पक्राउ सेतो छालावालाको कालो कर्तुत : बालबालिकामाथि यौन दुराचार गर्ने अमेरिकी नागरिक मुडे पक्राउ

२०७६ मंशिर २३ गते सोमबार

१९ डिसेम्बर, २०१९काठमाडौं । भाषा पढ्न बहानामा नेपालमा बसेर...

मलद्वारमा सुन लुकाएर काठमाडौं विमानस्थल ओर्लिएलगत्तै पक्राउ परे हरिराम मलद्वारमा सुन लुकाएर काठमाडौं विमानस्थल ओर्लिएलगत्तै पक्राउ परे हरिराम

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौंको त्रिभवुन अन्र्तराष्ट्रिय विमानस्थलबाट...

Nepal & Cyber Security Nepal & Cyber Security

२०७६ मंशिर २९ गते आइतबार

Ravi Dhungel Nepal has seen a paradigm shift in...

Top