Best Khabar Team | २०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२०
कास्मिर । भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र कास्मिरमा सिमा सुरक्षामा खटिएका भारतीय सैनिक र पाकिस्तानी सुरक्षाफौजबीच भएको गोलाबारीमा एक नेपालीको ज्यान गएको छ । सो घटनामा ज्यान गुमाउनेमा भारतीय सेनामा कार्यरत नेपालको गोर्खा जिल्ला स्थायी घर भएका एक नेपाली भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मृतक नेपाली गोर्खाको दुर्गम रिप गाउँपालिकाका वडा नम्बर २ का २४ वर्षका अर्जुन थापामगर रहेको बताइएको छ । सो घटनामा अर्का एक भारतीय सैनिकको पनि ज्यान गएको छ । सिमास्थलमा हुने गरेका शकास्पद गतितिविको खोजविनका लागि थापामगरसहित अन्य सैन्य टोली सो स्थानमा पुगेका बेला पाकिस्तानी सुरक्षाफौजसँग कास्मिरको ‘थरेत’ नामकोजंगलमा जम्काभेट भएपछि गोलाबारी भएको बताइएको छ ।
पछिल्लो समयमा भारत पाक सिमावर्ती कास्मिर क्षेत्रमा आतंकवादी गतिविधि बढ्न थालेपछि भारतीय सेनाले गस्ती बढाएको थियो । दशकौं अघिदेखि भारत पाक सिमा विवादका कारण कास्मिरमा ठूलो संख्यामा भारतीय सेना खटिँदै आएका छन् । सो क्षेत्रमा पाकिस्तानले पनि सुरक्षा व्यवस्था मजबुत बनाएको छ । भारतीय सेनामा हजारौंको संख्यामा नेपालीहरु कार्यरत छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मारवाडी समुदायका आदर्श युवा: जो बनाउँदैछन् महामारीविरुद्ध लड्न ‘डिसइन्फेक्सन बुथ’
२०७७ बैशाख ५ गते शुक्रबार
रमेश लम्साल/ प्रदीपराज वन्त (रासस ) – झुस्स दारी...
क्यान्सरले लग्यो बलिउड अभिनेता इरफानलाई
२०७७ बैशाख १७ गते बुधबार
२९ अप्रिल, २०२०नयाँदिल्ली । चर्चित बलिउड तथा हलिउड अभिनेता...
पोर्चुगलमा एकैदिन ७ दर्जन बढी कोरोना संक्रमित भेटिएपछि स्पेनसँगको बोर्डर बन्द गरिँदै
२०७६ चैत्र २ गते आइतबार
१५ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा आइतबार एकैदिन...
आन्तरिक उडान ७ महिनापछि सूचारु
२०७७ आश्विन ५ गते सोमबार
२२ सेप्टेम्बर, २०२०काठमाडौं । विगत ७ महिनादेखि कोरोना भाइरसको...
Top