Best Khabar Team | २०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० काठमाडौं । सरकारले सन् २०२० को दशकलाई पर्यटन दशकको रुपमा विकास गर्ने घोषणा गरेको छ । नेपाल भ्रमणवर्ष २०२० को औपचारिक उद्घाटन कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले यो वर्ष मात्रै नभै अबको एक दशकलाई नेपालको पर्यटन क्षेत्रको विकास र विस्तार गर्न सरकारले विशेष कार्ययोजना ल्याउने बताउनुभयो ।
नेपालमा दिगो शान्ति र स्थायीत्व कायम भै सकेको भन्दै उहाँले अबको १० वर्ष विश्व समुदायमाझ नेपाल र नेपालीको बारेमा सरकारी तबरबाटै व्यापक प्रचारप्रसार गर्दै विश्वका पर्यटकलाई नेपाल ल्याउन विशेष कार्यक्रम गरिने बताउनुभयो । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल, निजगढ अन्र्तराष्ट्रिय विमानस्थललगायतको निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै उहाँले अबको केही महिनाभित्र ती विमानस्थलहरुमा विमान उडान शुरु हुने बताउनुभयो । २० लाख पर्यटक नेपाल भित्र्या-उने लक्ष्यका साथ सरकारले राजधानीमा आज विशेष कार्यक्रम गरी भ्रमण वर्ष २०२० शुरु भएको औपचारिक घोषणा गरेको थियो ।
कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियो । उहाँले नेपाल विश्वमै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको भन्दै विश्वभरका पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास पर्यटन र कृषिबाटमात्रै सम्भव भएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न ५ देशका पर्यटनमन्त्री, नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरु, विभिन्न क्षेत्रका उच्चपदस्थ अधिकारी, विभिन्न जातजाती, भाषाभाषी, भेषभुषासहित उपस्थित भएका थिए । कार्यक्रममा सहभागी हुन ठूलो संख्यामा सर्वसाधारण राजधानीको दशरथ रंगशालामा उपस्थित भएका थिए । राजधानीका विभिन्न क्षेत्रबाट निस्किएको सांस्कृतिक झाँकीसहितको ¥याली रंगशाला पुगेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई कोरोनाको ठूलो धक्का : डेढ महिनामा २८ हजार बढीको मृत्यु,
२०७७ बैशाख ४ गते बिहिबार
१६ अप्रिल, २०२०सुनिल तिवारी न्यूर्योक । विश्वकै सर्वशक्तिमान सम्पन्न...
सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो
२०७६ चैत्र २६ गते बुधबार
०८ अप्रिल, २०२० काठमाडौं । सरकारले नेपालस्थित सबै कूटनीतिक...
लगानी सम्मेलन गर्न लाग्नु स्वागतयोग्य : पूर्व अर्थमन्त्री महत
२०७५ चैत्र ७ गते बिहिबार
२१ मार्च, २०१९ काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण...
अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा (फोटोफिचर)
२०७६ माघ २२ गते बुधबार
०५ फेब्रुअरी, २०२० इस्तानबुल । टर्कीको राजधानी स्तानबुलमा केहीबेरअघि...
Top