अख्तियारका पूर्वआयुक्त पाठक ७८ लाख धरौटीमा छुटे, बैंक बस्यो ग्यारेन्टी

Best Khabar Team | २०७६ जेठ १ गते बुधबार


१५ मे, २०१९
काठमाडौं । ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् । उनले आज विशेष अदालत काठमाडौंमा ७८ लाख रुपैयाँ धरौटी रकम बुझाउने कबुल गरेसँगै उनी तारेखमा रिहा भएका हुन् ।

फाइल तस्वीर : विशेष अदालत काठमाडौं

उनको धरौटी रकमका लागि नेपाल बंगलादेश बैंक ग्यारेन्टी बसेको छ । विशेष अदालतमा आज पाठकको मुद्दामा भएको थुनछेकको बहसमा अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु प्रमोदकुमार श्रेष्ठ वैद्य र द्वारिकामान जोशीको इजलासले धरौटी रकम मागेका हुन् । केही समय अघि ७८ लाख रुपैयाँ घुस लिई नेपाल इन्जिनियरिङ्ग क्याम्पसको जग्गा विवाद सुल्झाइदिने भन्दै अख्तियार प्रमुख पाठकले बोलेको भिडियो सार्वजनिक भएपछि अख्तियारले नै उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

घुस लिएको भिडियो सार्वजनिक भएपछि पाठकलाई अख्तियार प्रमुखको जिम्मेवारीबाट हटाईएको थियो । उनीमाथि परेको मुद्दाको थुनछेक बहसका लागि पाठकलाई आज विशेष अदालतमा उपस्थित गराइएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कामनपाकी उपमेयरलाई हृदयघात, नर्भिकमा उपचार हुँदै कामनपाकी उपमेयरलाई हृदयघात, नर्भिकमा उपचार हुँदै

२०७६ असार २० गते शुक्रबार

०५ जुलाई, २०१९ काठमाडौं । काठमाडौं उपमहानगरपलिकाकी उपमेयर हरिप्रभा...

बैद्य नेतृत्वको माओवादीका उपाध्यक्ष गजुरेलसहित करिब एक दर्जन काठमाडौंबाट पक्राउ बैद्य नेतृत्वको माओवादीका उपाध्यक्ष गजुरेलसहित करिब एक दर्जन काठमाडौंबाट पक्राउ

२०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९ काठमाडौं । सिमा विवादसम्बन्धी ज्ञापनपत्र बुझाउने...

विरलै  देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो ) विरलै देखिने घटना : शव जलाउँदै गर्दा एक्कासी खोला उर्लेर आएपछि…….(भाइरल भिडियो )

२०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०कन्याम । इलाममा आज दिउँसो ज्यान गुमाएका...

असार १ गतेदेखि काठमाडौं भित्रने र बाहिरिनेहरुका लागि नयाँ व्यवस्था (विज्ञप्तिसहित) असार १ गतेदेखि काठमाडौं भित्रने र बाहिरिनेहरुका लागि नयाँ व्यवस्था (विज्ञप्तिसहित)

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । गृहमन्त्रालयले लकडाउन खुकुलो भएसँगै यही...

Top