Best Khabar Team | २०७६ पुष १६ गते बुधबार

०१ डिसेम्बर, २०१९
पोखरा । नयाँवर्ष २०२० को अवसर पारेर पर्यटकीय नगरी पोखराको लेकसाईडमा सडक महोत्स्व आयोजना गरिएको छ । ३ दिनसम्म चल्ने सो महोत्सवका अवसरमा पोखराको लेकसाइडका सडकहरुमा विभिन्न जातजातीका खानाका परिकार, भेषभुषा तथा संस्कृति झल्कने सामग्रीहरुसहितको स्टल राखिएको छ । विशेष गरी नेवारी, तामाङ्ग, गुरुङ्ग, थकालीलगायतका नेपाली परम्परागत खाना तथा अन्य विदेशी खानाको स्टलहरुसमेत राखिएको व्यवासयी हिमाल नहर्कीले जानकारी दिनुभयो ।
नयाँ वर्ष २०२० मनाउन पोखरा पुगेकाहरुले सडक महोत्सवको भरपुर मनोरञ्जन लिइरहेका छन् । त्यसो त पोखरामा हरेक वर्ष सडक महोत्सव आयोजना हुँदै आएको छ । क्रिशमस देखि नयाँवर्षसम्म पोखरामा विशेष गरी स्वदेशी पर्यटकको संख्या बाक्लो हुने भएकाले यही अवसरमा सडक महोत्सव गर्ने गरिएको रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले जनाएको छ ।
आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्नका लागि आयोजना गरिएको सडक महोत्सवमा हरेक वर्ष झै यसपटक पनि विभिन्न जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीलगायतका करिब ३ सयवटा स्टलहरु राखिएको छ । पछिल्लो समयमा पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल बन्ने काम शुरुभए सँगै यस क्षेत्रमा पर्यटकीय गतिविधि पनि बढेको छ ।
त्यसो त ४ नम्बर प्रदेश अर्थात् सिँगो गण्डकी अञ्चल आफैंमा सांस्कृति तथा प्राकृतिक विविधताको धनी ठाउँ हो । ताल तलैया देखि हिमालम्मले यो क्षेत्रको पर्यटकीय महत्वलाई थप बढावा दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा !
२०७९ पुष २५ गते सोमबार
०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी...
कराँची विमान दुर्घटना प्रकरण : ९७ जनाको मृत्यु भएको पुष्टि, २ जनाको उपचार हुँदै
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०कराँची । पाकिस्तानको कराँचीमा हिजो भएको यात्रुबाहक...
प्रतिनिधिसभा पुर्नस्थापना ! (सर्वोच्चको फैसलासहित)
२०७७ फाल्गुन ११ गते मंगलबार
२३ फेब्रुअरी, २०२१काठमाडौं । सर्वोच्च अदालतले विघठित प्रतिनिधि सभालाई...
जोखिम कायमै रहेको भन्दै लकडाउन थप्न सिफारिस
२०७७ बैशाख २३ गते मंगलबार
०५ मे, २०२०काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै...
Top