सभ्य समाज निर्माणका लागि मिडिया विधेयक : प्रधानमन्त्री ओली

Best Khabar Team | २०७६ जेठ १ गते बुधबार


१५ मे, २०१९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्य समाज निर्माणका लागि संसदमा मिडिया काउन्सिल सम्बन्धी विधेयक दर्ता गरिएको बताउनुभएको छ । भियतनामको भ्रमण पुरा गरी काठमाडौं फर्कने क्रममा आज विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता ओलीले केही सञ्चारमाध्यमबाट प्रसारित समाचार तथा अन्य समाचारमूलक जानकारीले समाजमा विभिन्न खाले समस्या उत्पन्न गराएको तर्फ मध्यनजर गर्दै मिडिया काउन्सिल सम्बन्धी विधेयक दर्ता गराइएको र यसमाथि छलफल थाल्न लागेको बताउनभुभएको छ ।

विधेयकको बारेमा पछिल्लो समयमा भै रहेका गतिविधिप्रति उहाँले दुःख व्यक्त गर्नुभयो । संसदमा यो विधेयक माथि छलफल नहुँदै यसमाथि विभिन्न खाले टिका टिप्पणी हुँदा त्यसले लोकतन्त्रमाथि नै समस्या ल्याउने उहाँको भनाई छ । सरकारले व्यापक छलफल तयारी पछि यो विधेयक ल्याएको उहाँको भनाई छ ।

फाइल तस्वीर : प्रधानमन्त्री ओली

आधुनिक, विकसित र सभ्य समाज निर्माणको हेतुले विधेयक आएको भन्दै उहाँले कसैले उत्तेजित बनाउँदैमा सरकार उत्तेजित नहुने र यसमाथि पर्याप्त छलफल हुने बताउनुभयो । ‘ सभ्य समाज निर्माण हाम्रो चाहना हो । पछिल्लो समयमा सञ्चारमाध्यमले प्रशारित गरेको समाचार र अन्य कार्यक्रमले समाजमा विभिन्न खाले समस्या ल्याएको छ । यसलाई बेलैमा नियन्त्रण गर्न नसके यसले समाज अशान्त हुँदै जान्छ ।

जहाँ सम्वाद गर्न सकियोस्, परिवारमा बसेर समाचारहरु पढ्न सुन्न सकियोस्, आग्रह वा आक्रोसबस कसैको इज्जतमा हुमर्त लिने गरी अनुचित र निराधर कुरा नहोस् । उहाँले यस विषयमा संसदमा छलफल हुने बताउनुभयो । संसदमा केही विधेयक च्यातिएको भन्दै दुःख समेत व्यक्त गर्नुभयो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो हिमपातका कारण लाप्राक बस्ती निर्माणको केही काम रोकियो

२०७६ माघ ६ गते सोमबार

२०, जनवरी, २०२० काठमाडौं । गैर आवासीय नेपाली संघ,(एनआरएनए)ले...

देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार भन्दा कम देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार भन्दा कम

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा शुक्रबार अपरान्हसम्म देशभर रहेका...

नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका गरी ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबैको अवस्था सामान्य नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धानका गरी ५ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, सबैको अवस्था सामान्य

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०काठमाडौं । देशभर हालसम्म ५ जना सुरक्षाकर्मीमा...

क्यानडामा सडक महोत्सवको भीडलाई लक्षित आक्रमण, ९ जनाको ज्यान गयो, दर्जनौं घाइते क्यानडामा सडक महोत्सवको भीडलाई लक्षित आक्रमण, ९ जनाको ज्यान गयो, दर्जनौं घाइते

२०८२ बैशाख १४ गते आइतबार

२७ अप्रिल, २०२५टोरन्टो, क्यानडा । क्यानडाको भ्यानकुभरमा सडक महोत्सवमा...

Top