Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार

०१ जनवरी, २०२०
काठमाडौं । आज अँग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ । नेपाललगायत विश्वभर अँग्रेजी नयाँवर्ष धुमधामका साथ मनाईँदै छ । तर यहीबीचमा नेपाललगायत विश्वभर छरिएर रहेका नेपालीहरुले यो दिनलाई राष्ट्रिय टोपी दिवसको रुपमा समेत मनाउने गरेका छन् । पछिल्लो समयमा युवा पुस्ताले नेपाली टोपीको संरक्षण र संम्बद्र्धन गर्ने उद्देश्यले शुरु गरेको यो अभियानले अहिले दिवसको रुप लिँदै गइरहेको छ ।
शताब्दीऔं अघिदेखि प्रयोगमा आएको नेपाली टोपीको संरक्षण गन, यसलाई विश्वव्यापी गराउन र भावि पुस्तालाई यसको महत्वको बारेमा जानकारी गराउन सन् २०१४ देखि जनवरी १ का दिन नेपालीहरु रहेका विभिन्न देशमा टोपी दिवस मनाउन थालिएको टोपी दिवसका अभियान्ता जनार्दन अर्यालले बेस्टखबर डटकमलाई जानकारी दिनुभयो । अहिले काठमाडौंलगायत विश्वका विभिन्न देशमा रहेका नेपालीहरुले पनि स्वर्तस्फूर्त रुपमा राष्ट्रिय टोपी दिवस मनाउन थालेका छन् ।
नेपालमा टोपी दिवस मनाउन सन् २००८ देखि नै शुरु गरिएपछि २०१४ मा आइपुगेपछि यसले बृहत् रुप लिएको थियो । अहिले आफू रहेको भूगोल तथा आफ्नो अवस्था अनुसार विश्वका विभिन्न स्थानमा रहेका नेपालीहरुले नेपाली ढाका टोपी लगाउने र त्यसको फोटोसहित सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गर्ने गर्दछन् ।
यही क्रममा आज काठमाडौंको बसन्तपुरमा एक कार्यक्रम आयोजना गरिँदै छ । राष्ट्रिय टोपी दिवस अभियानले कार्यक्रममा सहभागिताको लागि सबैलाई आग्रह समेत गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
‘परदेशिको पिडा’ लिएर सांगीतिक क्षेत्रमा झुल्किए फोटोपत्रकार वन्त
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । सँधैभरी समाजमा हुने गरेका विभिन्न...
गुठी विधेयकविरुद्ध विश्व हिन्दु युवासंघ आन्दोलनमा
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं ।सनातन हिन्दु धर्म संस्कृति खत्तम...
विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण
२०७६ चैत्र २४ गते सोमबार
०६ मार्च, २०२० न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा...
भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट)
२०८० कार्तिक १८ गते शनिबार
०४ नोभेम्बर, २०२३ मुसिकोट, रुकुम । पश्चिम नेपालको जाजरकोटलाई...
Top