घुसकाण्डमा मुछिएका दोलखाका तत्कालीन सिडियो अख्तियारको नियन्त्रणमा

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार


३१ डिसेम्बर, २०१९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडियो) खगेन्द्रप्रसाद रिजाललाई नियन्त्रणमा लिएको छ । दोलखामा सिडियो भएर काम गरेका बेला रिजालले क्षेत्राधिकार मिचेर विभिन्न मुद्दाका अभियुक्तसँग १ लाख भन्दा बढी घुस लिएको भिडियो सार्वजनिक भएपछि उनलाई गृहमन्त्रालयले निलम्बन्ध गरी अनुसन्धान अघि बढाईको थियो ।

स्मरणीय के छ भने रिजाल यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत रहेर काम गरिसकेका व्यक्ति हुन् । उनले मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्ने भन्दै मेलुङ गाउँपालिकाका कुमार लामा सँग ९० हजा र कालिञ्चोक गाउँपालिकाका उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ घुस लिएको अख्तियारको भनाई छ । उनले यति धेरै रकम लिँदा जम्मा १० हजारको मात्रै विल दिएका थिए ।

घुस लिएको भिडियो सार्वजनिक भएपछि रिजाललाई दोलखाबाट काठमाडौं झिकाएर अनुसन्धान अघि बढाईको थियो । नेपाल सरकारका उपसचिव रिजलालाई गत मंसीर २३ गते गृहमन्त्रालय बोलाएर सोधपुछ पछि सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको थियो । अख्तियारले लामो समयको अनुसन्धान पछि रिजाललाई आज नियन्त्रणमा लिएको हो । हाल रिजाललाई टंगालस्थित अख्तियारको हिसासतमा राखिएको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै काँग्रेस नेता जोशीको अवस्था ‘गम्भीर’, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता...

बेलायतबाट फर्केका एकै परिवारका ३ जनामा कोरोनाको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना बेलायतबाट फर्केका एकै परिवारका ३ जनामा कोरोनाको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० काठमाडौं । काठमाडौंको पेप्सीकोला बस्ने एकै...

देशभर १०९ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको उपचार सफल देशभर १०९ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको उपचार सफल

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या १...

दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट) दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट)

२०७८ आश्विन २६ गते मंगलबार

१२ अक्टोबर, २०२१गमगढी, मुगु । बाँकेको नेपालगञ्जबाट मुगुको गमगढी...

Top