९ महिनापछि मनकामना मन्दिर खुल्दै, मन्दिर भित्रै पसेर दर्शन गर्न भने तत्काल नपाईने

Best Khabar Team | २०७७ मंशिर २३ गते मंगलबार


०८ डिसेम्बर, २०२०
कुरिनटार, गोरखा । गत चैत्र महिनादेखि कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले घोषणा गरेको लकडाउनसँगै बन्द गरिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर सर्वसाधारणको लागि खुल्ला गरिने भएको छ । मनकामना मन्दिर क्षेत्र विकास कोषले आगामी मंसीर २८ गतेदेखि सर्वसाधारणका लागि निश्चित सुरक्षा मापदण्ड पुरा गरी मन्दिर दर्शनको व्यवस्था गर्न लागेको जनाएको छ ।

मनकामनाको मन्दिर खोल्ने निर्णयसँगै केवलकार पनि सञ्चालनमा आउने भएको छ । कोरोनाका कारण गएको चैत्र महिनादेखि केवलकारपनि सञ्चालनमा आउन सकेको थिएन । जसका कारण त्यस क्षेत्रका स्थानीय वासिन्दा तथा व्यवसायीहरु निक्कै समस्यामा परेका थिए । मन्दिरमा दर्शनार्थी र त्यस क्षेत्रमा पर्यटक नआउँदा व्यवसायीहरु अप्ठेरोमा परेका थिए ।

मन्दिर क्षेत्र विकास कोषले स्थानीय सरोकारवालाहरुसँगको सल्लाह पछि मन्दिर र केवलकार सर्वसाधारणको लागि खुल्ला गर्ने निर्णय गरेको हो । मन्दिर प्रवेश गर्नका लागि अनिवार्य रुपमा माक्स लगाउनुपर्ने, सामाजिक दुरी (लाईनमा बस्दा कम्तीमा ३ फिटको दुरी कायम गर्नुपर्ने) कायम गर्नुपर्ने तथा स्यानीटाइजरको व्यवस्था गरिएको छ । यस्तै मन्दिरमा केवलकारमार्फत् आउने यात्रुहरुको थर्मल गनबाट शरिरको तापक्रम नाप्ने व्यवस्था गर्न लागिएको छ ।

केवलकारमा पनि एकपटकमा ३ जनामात्रै यात्रु राखेर यात्रा गराउने तयारी भएको छ । यसअघि केवलकारमा एक पटकमा ६ जना यात्रुहरुलाई राखेर यात्रा गराईने गरिएको थियो । मन्दिर व्यवस्थापन समितिले दिएको जानकारी अनुसार धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ लाई आधार बनाएर नयाँ कार्यविधिसहित मन्दिर र केवलकार सञ्चालन गर्न खोजिएको हो ।

मन्दिर सर्वसाधारणको लागि खुल्ला गरिएपनि विगतमा झै मन्दिर भित्र प्रवेश गरेर मनकामना माइको प्रतिमा (मूर्ति)लाई पुजा आराधना गर्न भने तत्काल नपाइने समितिले जनाएको छ । यद्यपि मन्दिरमा चढाउन लगिने फूल प्रसाद भने लैजान पाइने र पुजारी तथा अन्य सहयोगीले त्यसलाई मन्दिर भित्र लगेर चढाईदिने व्यवस्था गरिएको छ । यस्तै तत्कालका लागि पशुपन्छीको बलि चढाउने कार्य पनि मनकामना मन्दिरमा निषेध गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अछाममा ‘हाइ अल्टिच्यूट’ बाट वडा अध्यक्षको ज्यान गयो अछाममा ‘हाइ अल्टिच्यूट’ बाट वडा अध्यक्षको ज्यान गयो

२०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७ काठमाडौं । सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने...

नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिँदै नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिँदै

२०७७ माघ ११ गते आइतबार

२४ जनावरी, २०२१काठमाडौं । सरकारले भारतबाट अनुदानमा प्राप्त भएको...

बेलायत र रुसमा केहीदिनमै कोरोना भ्याक्सिन प्रयोगमा ल्याइँदै, युरोपका अधिंकाश देशले पनि तयारी थाले बेलायत र रुसमा केहीदिनमै कोरोना भ्याक्सिन प्रयोगमा ल्याइँदै, युरोपका अधिंकाश देशले पनि तयारी थाले

२०७७ मंशिर १७ गते बुधबार

०२ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । पूर्व युरोपेली मुलुक बेलायत...

भुटानमा पहिलोपटक भेटियो कोरोना संक्रमित, थिप्पुका विद्यालय बन्द, नाका पनि सिल गरियो भुटानमा पहिलोपटक भेटियो कोरोना संक्रमित, थिप्पुका विद्यालय बन्द, नाका पनि सिल गरियो

२०७६ फाल्गुन २३ गते शुक्रबार

०६ मार्च, २०२० थिम्पु । भुटानमा पहिलो पटक कोरोना...

Top