Best Khabar Team | २०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले प्रदेश नम्बर ३ को राजधानी औद्योगिक नगरीको रुपमा परिचित मकवानपुरको हेटौंडामा राख्ने निर्णय गरेको छ । नेकपा सचिवालयको आजको बैठकले मकवानपुरको हेटौंडामा प्रदेश नम्बर ३ को राजधानी राख्ने र यो प्रदेशको नाम बाग्मती राख्ने निर्णय गरेको हो ।
यसअघि नेकपामा प्रदेश नम्बर ३ को राजधानी कहाँ राख्ने भन्ने विषयमा एकमत थिएन । नेकपा बन्नुअघिको तत्कालीन माओवादी र एमालेका नेताहरुबीच प्रदेश नम्बर ३ को राजधानी र नामका विषयमा मतैक्यता हुन सकेको थिएन ।
दुई पार्टीबीच एकता भएपछि पनि कतिपय नेताहरुले काठमाडौंलाई नै राजधानीको रुपमा राख्नुपर्नेमा जोड दिएका थिए भने कतिपय नेताले हेटौंडा र कतिले काभ्रे तथा भक्तपुरलाई केन्द्र बनाउनुपर्ने बताउँदै आएका थिए ।
बैठकले प्रदेश कमिटी तथा प्रदेशसभा सम्बन्ध पार्टी निकायलाई समेत राजधानी र प्रदेशको नामको विषयमा जानकारी गराउने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीका विषयमा विगत २ वर्षदेखि नेकपाले निर्णय गर्न सकेको थिएन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अख्तियार पस्यो गुठीसंस्थानमा : प्रमुख प्रशासक पुगे अख्तियारको हिरासतमा
२०७६ पुष १ गते मंगलबार
१७ डिसेम्बर, २०१९ काठमाडौं । पछिल्ला केही महिनायता गुठी...
भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै
२०७७ चैत्र २७ गते शुक्रबार
०९ अप्रिल, २०२१नयाँदिल्ली, भारत । पछिल्ला दिनहरुमा भारतमा कोरोना...
लुम्बिनीको मायादेवी मन्दिर ८ महिनापछि सबैका लागि खुल्ला गरियो
२०७७ मंशिर २१ गते आइतबार
०६ डिसेम्बर, २०२०तिलौराकोट, कपिलबस्तु । भगवान् बुद्धको जन्मस्थल कपिलबस्तुको...
धादिङ्गे गायक पारसको ‘जन्मदिनको शुभकामना’ बजारमा
२०७६ माघ २० गते सोमबार
०३ फेब्रुअरी, २०२० काठमाडौं । धादिङ् जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकास्थित...
Top