Best Khabar Team | २०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९
काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले प्रदेश नम्बर ३ को राजधानी औद्योगिक नगरीको रुपमा परिचित मकवानपुरको हेटौंडामा राख्ने निर्णय गरेको छ । नेकपा सचिवालयको आजको बैठकले मकवानपुरको हेटौंडामा प्रदेश नम्बर ३ को राजधानी राख्ने र यो प्रदेशको नाम बाग्मती राख्ने निर्णय गरेको हो ।
यसअघि नेकपामा प्रदेश नम्बर ३ को राजधानी कहाँ राख्ने भन्ने विषयमा एकमत थिएन । नेकपा बन्नुअघिको तत्कालीन माओवादी र एमालेका नेताहरुबीच प्रदेश नम्बर ३ को राजधानी र नामका विषयमा मतैक्यता हुन सकेको थिएन ।
दुई पार्टीबीच एकता भएपछि पनि कतिपय नेताहरुले काठमाडौंलाई नै राजधानीको रुपमा राख्नुपर्नेमा जोड दिएका थिए भने कतिपय नेताले हेटौंडा र कतिले काभ्रे तथा भक्तपुरलाई केन्द्र बनाउनुपर्ने बताउँदै आएका थिए ।
बैठकले प्रदेश कमिटी तथा प्रदेशसभा सम्बन्ध पार्टी निकायलाई समेत राजधानी र प्रदेशको नामको विषयमा जानकारी गराउने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीका विषयमा विगत २ वर्षदेखि नेकपाले निर्णय गर्न सकेको थिएन ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै घट्यो, पछिल्लो २४ घण्टामा मृतकको संख्या सून्य
२०७६ चैत्र २५ गते मंगलबार
०७ मार्च, २०२० बेइजिङ्ग । गत डिसेम्बरको अन्तिम साताबाट...
मिसेस् युनिभर्समा अनिलालाई ‘मिसेस् लोयल’को उपाधी
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ काठमाडौं । विश्वका ९० देशका विवाहिता...
झापा, रौतहट, बाग्लुङ् र मकवानपुरमा थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ८ सय नाघ्यो
२०७७ जेठ १४ गते बुधबार
२७ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आजपनि कोरोना...
गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित)
२०७७ श्रावण २१ गते बुधबार
०६ अगस्ट, २०२०कोरोना भाइरसको प्रकोपबाट विश्व आतंकित भै रहेका...
Top