‘छक्कापञ्जा-४’ आउँदै : निमार्ण दिपकराज गिरीले गर्ने

Best Khabar Team | २०७६ पुष १२ गते शनिबार


२८ डिसेम्बर, २०१९
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘सेरिज’ चलचित्रहरु बन्ने क्रम पछिल्ला वर्षहरुमा बढ्दै गएको छ । यही क्रममा राम्रो व्यापार गर्न सफल ‘छक्का पञ्जा’ ले अब चौथो श्रृङ्गखला (सेरिज) सार्वजनिक गर्ने भएको छ । ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा १’, ‘छक्का पञ्जा २’, ‘छक्का पञ्जा ३’ को सफलतासँगै अब दर्शकहरुले ‘छक्का पञ्जा ४ ’ हेर्न पाउने भएका हुन् ।

यसको निर्माण भने सफल चलचित्र निर्माण दिपकराज गिरीले गर्ने भएका छन् । गिरीले निर्माण गरेको ‘छ माया छपक्कै’ चलचित्रले पछिल्लो समयमा राम्रो व्यापार गरेपछि ‘छक्का पञ्जा ४’ निर्माण गर्ने निर्णयमा गिरी पुगेका हुन् । चलचित्रको निर्माण र लेखन कलाकार गिरीले नै गर्नेछन् ।

गिरीका अनुसार यसको निर्देशन दीपाश्री निरौलाले गर्ने भएकी छन् भने चलचित्रको पटकथा लेखनको काम समेत शुरु भै सकेको छ । यो चलचित्रमा पनि गिरीलाई हास्य कलाकारहरु केदार घिमिरे र जितु नेपाललगायतले साथ दिनेछन् । रमाइलो कुरा के छ भने यो चलचित्रको शुरु ‘छक्का पञ्जा ३’ को समाप्तिबाटै हुनेछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका...

गतवर्ष भन्दा १ सय मेट्रिक टन बढी कन्दमुल काठमाडौं भित्रि-यो, भारबाट तरुल बढी आयात गतवर्ष भन्दा १ सय मेट्रिक टन बढी कन्दमुल काठमाडौं भित्रि-यो, भारबाट तरुल बढी आयात

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । विशेषत हिन्दुहरुले मनाउने माघे...

नेपालमै पहिलो पटक धार्मिक महत्व बोकेको ‘सुनौलो रंगको कछुवा’ भेटियो नेपालमै पहिलो पटक धार्मिक महत्व बोकेको ‘सुनौलो रंगको कछुवा’ भेटियो

२०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०जनकपुर, धनुषा । नेपालमा पहिलो पटक स्वर्ण...

अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा  (फोटोफिचर) अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा (फोटोफिचर)

२०७६ माघ २२ गते बुधबार

०५ फेब्रुअरी, २०२० इस्तानबुल । टर्कीको राजधानी स्तानबुलमा केहीबेरअघि...

Top