एनसेललाई दोश्रो पत्र : १५ दिनभित्र करचुक्ता नगरे कडा कारबाहीको चेतावनी

Best Khabar Team | २०७६ पुष ६ गते आइतबार


२३ डिसेम्बर, २०१९
काठमाडौं। निजी मोबाइल सेवा प्रदायक एनसेललाई आगामी १५ दिनभित्र कर चुक्ता गर्न ठूला करदाता कार्यालयले निर्देशन दिएको छ । कार्यालयले आज दोश्रोपटक एनसेलललाई पत्र पठाई १५ दिनभित्र कर चुक्ता नगरे कडा कारबाही गर्ने चेतावनीसहितको पत्र पठाएको हो ।

लामो समयदेखि सरकारलाई तिर्नुपर्ने कर तिर्न आनाकानी गर्दै आएको निजी मोबाइल सेवा प्रदायक एनसेलले सरकारलाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर तिरेको छैन । यसअघि सवोृच्च अदालतले समेत एनसेलबाट कर असुल उपर गर्न सरकारलाई निर्देशन दिएको थियो । यो रकममा कर रकमसहित त्यसको साँवा र व्याज संलग्न रहेको बताइएको छ ।

यसअघि सात दिनको समय दिएर कर रकम असुली गर्न सरकारले एनसेललाई ताकेता गरेको थियो । लामोसमयदेखि एनसेलले सरकारलाई तिर्नुपर्ने सरकारी कर तिर्न आनाकानी गर्दै आइरहेका बेला ठूला करदाता कार्यालयले फेरि एनसेललाई पत्र पठाएर यो निर्देशन दिएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दामनको एभरेष्ट रिसोर्टमा ‘निसास्सिएर’ ८ भारतीय पर्यटकको मृत्यु दामनको एभरेष्ट रिसोर्टमा ‘निसास्सिएर’ ८ भारतीय पर्यटकको मृत्यु

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०हेटौंडा । पर्यटकीय क्षेत्रका रुपमा रहेको मकवानपुर...

तीव्र रुपमा फैलिँदै कोरोना  : १८० जनाले गुमाए ज्यान तीव्र रुपमा फैलिँदै कोरोना : १८० जनाले गुमाए ज्यान

२०७६ माघ १६ गते बिहिबार

३० जनवरी,२०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणबाट चीनमा १८० जनाले...

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमआर आई सेवा शुरु पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमआर आई सेवा शुरु

२०७५ चैत्र १२ गते मंगलबार

२६ मार्च, २०१९ पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिण्ठान...

पश्चिमी बायुको प्रभाव : शुक्रबारपछि मौसममा सुधार पश्चिमी बायुको प्रभाव : शुक्रबारपछि मौसममा सुधार

२०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२० ललितपुर । पश्चिमी बायुको प्रभावका कारण...

Top