प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि हरिद्वार लगियो (फोटोफिचरसहित)

Best Khabar Team | २०७६ पुष ४ गते शुक्रबार


२० डिसेम्बर, २०१९
नयाँदिल्ली । पार्किन्सन्स रोगबाट पीति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहाललाई थप उपचारका लागि भारत पु-याइएको छ । छोरी गंगा दाहाल तथा नेकपाका नेता मातृका यादवसहितको टोलीले सितालाई उपचारका लागि भारतको हरिद्वारस्थित योगगुरु रामदेवको आश्रममा पु-याएको हो । आफ्नी आमालाई उपचारका लागि भारतको हरिद्वारस्थित रामदेव आश्रम पु-याइएको भन्दै छोरी गंगाले सामाजिक सञ्जालमा तस्वीरहरु सार्वजनिक गरेकी छन् ।

केही फोटो योगगुरु रामदेव, आचार्य बालकृष्णलगायतसँग बसेर खिचेको देख्न सकिन्छ । विगत लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रस्त सितालाई यसअघि देश बाहिर अमेरिका, सिंगापुरलगायतका स्थानमा पु-याइएको थियो । देशभित्रै पनि विभिन्न ठाउँमा लगेर सितालाई उपचार गराईको भएपनि उनको अवस्था दिन थप कमजोर बनेपछि भारत लगिएको हो ।

हामीले यहाँ सार्वजनिक गरेका केही तस्वीरहरु प्रचण्डकी छोरी गंगा दाहालको फेसबुकबाट साभार गरेका हौं ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोनाका कारण बेलायतमा ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाए कोरोनाका कारण बेलायतमा ४८ घण्टायता ४ सय ६९ जनाले ज्यान गुमाए

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२०लण्डन । संयुक्त राज्य बेलायतका विभिन्न शहरमा...

जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द जेठ ३ देखि देशभर लकडाउन थप कडा बनाईँदै, जिल्लाले दिएको सबै सवारी पास रद्द

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०काठमाडौं । सरकारले पहुँचको भरमा सवारी साधनको...

मारवाडी समुदायका आदर्श युवा: जो बनाउँदैछन् महामारीविरुद्ध लड्न ‘डिसइन्फेक्सन बुथ’ मारवाडी समुदायका आदर्श युवा: जो बनाउँदैछन् महामारीविरुद्ध लड्न ‘डिसइन्फेक्सन बुथ’

२०७७ बैशाख ५ गते शुक्रबार

रमेश लम्साल/ प्रदीपराज वन्त (रासस ) – झुस्स दारी...

पर्वत ठानामौलाका गुरुङ्को कोरोनाका कारण लण्डनमा निधन पर्वत ठानामौलाका गुरुङ्को कोरोनाका कारण लण्डनमा निधन

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०वेस्टह्याम, लण्डन । कोरोनाको संक्रमणबाट बेलायतमा पछिल्लो...

Top