अमेरिकी राष्ट्रपतिलाई महाअभियोग लगाउने प्रस्ताव तल्लो सदनद्वारा पारित, माथिल्लो सदनको निर्णय कुरिँदै

Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार


फाइल तस्वीर : अमेरिकी राष्ट्रपति ट्रम्प

१९ डिसेम्बर, २०१९
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्तावलाई अमेरिकाको तल्लो सदनले पारित गरेको हो । हाउस अफ रिप्रिजेन्टिभ अर्थात् तल्लो सदनले पारित गरेको प्रस्तावलाई अब माथिल्लो सदनमा निर्णयार्थ पेश गरिने छ । ट्रम्पमाथि महाअभियोग लगाउने यो प्रस्तावलार्ई माथिल्लो सदनले समेत पारित गरेको खण्डमा ट्रम्पमाथि महाअभियोग लाग्नेछ ।

ट्रम्पमाथि महाअभियोग लगाउने वा नलगाउने भन्ने विषयको निर्णय अब माथिल्लो सदन अर्थात् सिनेटको निर्णयमा भर पर्ने भएको छ । उनीमाथि राष्ट्रपतिको अधिकार दुरुपयोग गरेर विभिन्न गलत काम गरेको आरोप लाग्दै आएको छ । यद्यपि माथिल्लो सदन अर्थात् सिनेटमा भने ट्रम पक्षधरहरुको बाहुल्यता रहेकोले तत्काल यो प्रस्ताव पारित हुनेमा आशंका उत्पन्न भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यदि ट्रम्पमाथि महाअभियोग लगाईए उनी महाअभियोग लाग्ने अमेरिकाको तेश्रो राष्ट्रपति हुनेछन् । ट्रम्पले भने आफूमाथि नियोजित रुपमा महाअभियोग लगाउन खोजिएको प्रतिक्रिया दिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीको...

जापानको फुकुशिमामा शक्तिशाली भूकम्प : लाखौं घरमा  विद्युत् सेवा बन्द जापानको फुकुशिमामा शक्तिशाली भूकम्प : लाखौं घरमा विद्युत् सेवा बन्द

२०७७ फाल्गुन १ गते शनिबार

१३ फेब्रुअरी, २०२१फकुशिमा, जापान । जापानमा शनिबार राति शक्तिशाली...

किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन किसानमारा चिनी उद्योगका सञ्चालकलाई तत्काल पक्रन गृहमन्त्रालयको निर्देशन

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ काठमाडौं । गृहमन्त्रालयले देशका तराई क्षेत्रमा...

२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु २४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु

२०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...

Top