Best Khabar Team | २०७६ पुष ३ गते बिहिबार

१९ डिसेम्बर, २०१९
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्तावलाई अमेरिकाको तल्लो सदनले पारित गरेको हो । हाउस अफ रिप्रिजेन्टिभ अर्थात् तल्लो सदनले पारित गरेको प्रस्तावलाई अब माथिल्लो सदनमा निर्णयार्थ पेश गरिने छ । ट्रम्पमाथि महाअभियोग लगाउने यो प्रस्तावलार्ई माथिल्लो सदनले समेत पारित गरेको खण्डमा ट्रम्पमाथि महाअभियोग लाग्नेछ ।
ट्रम्पमाथि महाअभियोग लगाउने वा नलगाउने भन्ने विषयको निर्णय अब माथिल्लो सदन अर्थात् सिनेटको निर्णयमा भर पर्ने भएको छ । उनीमाथि राष्ट्रपतिको अधिकार दुरुपयोग गरेर विभिन्न गलत काम गरेको आरोप लाग्दै आएको छ । यद्यपि माथिल्लो सदन अर्थात् सिनेटमा भने ट्रम पक्षधरहरुको बाहुल्यता रहेकोले तत्काल यो प्रस्ताव पारित हुनेमा आशंका उत्पन्न भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
यदि ट्रम्पमाथि महाअभियोग लगाईए उनी महाअभियोग लाग्ने अमेरिकाको तेश्रो राष्ट्रपति हुनेछन् । ट्रम्पले भने आफूमाथि नियोजित रुपमा महाअभियोग लगाउन खोजिएको प्रतिक्रिया दिएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, ९ किलो सुन, सवा एक अर्ब नगद
२०७६ जेठ २२ गते बुधबार
०५ जुन, २०१९ काठमाडौं । हिन्दुहरुको आरध्यदेव श्री पशुपतिनाथको...
झण्डै साढे ६ सय नेपाली अमेरिकाबाट नेपाल फर्कन तयार, उद्दारका लागि सरकारसँग एनआरएनएको आग्रह
२०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०न्यूर्योक । अमेरिकाका विभिन्न स्थानमा रहेका करिब...
कोरोना संक्रमणसँगै निमोनिया भएपछि हास्य कलाकार गजुरेल आइसियुमा, अवस्था सामान्य
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । केहीदिनअघि कोरोना पुष्टि भएपछि घरमै...
कास्कीको लुम्ले केन्द्रबिन्दु बनाएर गयो भूकम्प
२०७६ चैत्र २ गते आइतबार
१५ मार्च, २०२०लेकसाईड । कास्कीको लुम्लेलाई केन्द्रबिन्दु बनाएर आज...
Top