Best Khabar Team | २०७६ मंशिर ३० गते सोमबार

१७ डिसेम्बर, २०१९
काठमाडौं । वर्षौदेखि विजुली, टेलिफोन, केबललगायतका तारहरुको गुजुल्टोले अस्तव्यस्त देखिँदै आएको काठमाडौंको पर्यटकीय नगरी ठमेल अब सफा देखिने भएको छ । काठमाडौं महानगरपालिका र ठमेल पर्यटन विकास परिषद्को पहलमा ठमेल क्षेत्रमा भएका अव्यवस्थित तारहरुलाई भूमिगत ढंगले व्यवस्थापन गर्ने काम शुरुभएसँगै ठमेलेको मुहार फेरिन लागेको हो ।
त्यसका लागि केही साता अघि ठमेल पर्यटन विभाग परिषद्ले सूचना निकालेर आफ्नो टेलिफोन तथा केवलको तार हटाउन सम्बन्धित घर धनीलाई निर्देशन दिइसकेको थियो । परिषद्ले आइतबारबाट ठमेल क्षेत्रमा रहेका तारहरुलाई काटेर ठमेल क्षेत्रलाई सफा तथा सुन्दर बनाउने अभियान शुरु गरेको छ ।
क्रिसमस, नयाँवर्ष तथा नेपाल भ्रमणवर्ष २०२० लाई मध्यनजर गरेर ठमेल क्षेत्रको अव्यवस्थित तारहरु हटाउने अभियान शुरु भएको परिषद्को भनाई छ । केही महिना भित्रमा तारहरु हटाएर यसलाई भूमिगत रुपमा बिच्छ्याउने काम सम्पन्न हुने परिषद्ले जनाएको छ ।
ठमेल क्षेत्रमा तारहरु हटाईँदाका केही तस्वीरहरु ।






स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उपत्यकामा ८ सहित देशभर थप ४७६ जनामा कोरोना संक्रमण
२०७७ असार १५ गते सोमबार
२९ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आज थप...
नेपाललाई सैन्य अखडा बनाउन एमसीसी सम्झौता : क्रान्तिकारी माओवादी
२०७६ माघ ४ गते शनिबार
१८ जनवरी, २०२०काठमाडौं । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट अर्थात् एमसीसी...
भोलिबाट देशभरको मालपोतको सेवा सूचारु गर्न निर्देशन
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...
५ तस्वीरमा हेर्नुहोस् मंगल ग्रहको जमिन,नदि तथा ढुंगाहरू (पहिलो पटक रेकर्ड गरिएको आवाज सहित)
२०७७ फाल्गुन १३ गते बिहिबार
अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले मंगलग्रहमा हालै पठाएको एउटा अन्तरिक्ष...
Top