भारत–पाकिस्तानबीच ‘युद्दविराम’ को सहमति !

Best Khabar Team | २०८२ बैशाख २७ गते शनिबार


१० मे, २०२५
नयाँदिल्ली, भारत । ४ दिनदेखि भारत र पाकिस्तानबीच जारी युद्द तत्कालका लागि अन्त्य भएको छ । भारतीय समय अनुसार आज शनिबार साँझ ५ बजेदेखि लागूहुने गरी दुई देशबीच युद्धबिरामको सहमति भएको हो । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार दुबै देशका अधिकारीहरुबीच भएको सहमतिमा एकअर्काविरुद्ध लडाईँ छेडिरहेका भारत पाकिस्तान तत्कालका लागि आक्रमण रोक्नका लागि सहमत भएका छन् । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यहरुले जनाए अनुसार हाल जारी युद्दलाई रोकेर तत्कालका लागि सहमतिमा अहिलेको अवस्थालाई सामान्य बनाउन दुबै देशका सुरक्षा अधिकारीहरु राजी भएका छन् ।

योसँगै जमिन, समुद्र तथा आकाशबाट हुँदै आइरहेको दुबै देशको आक्रमण रोकिने भएको छ । यस विषयमा दुबै देशका सुरक्षा अधिकारीहरुले आन्तरिक सकुर्लरसमेत जारी गरेका छन् । गएको बुधबार रातिदेखि भारत र पाकिस्तानबीचको सीमावर्ती क्षेत्रमा चर्किएको आन्दोलनका कारण दुबैतर्फ दर्जनौं नागरिक मारिएका छन् भने ठूलो जनधनको क्षति भएको छ । भारतको पहलगाममा अप्रिल २२ का दिन पाकिस्तानमा आतंकवादी गतिविधि गर्दै आएको एक समूहले पर्यटकहरुलाई लक्षित गर्दै गोली चलाउँदा २६ जनाको ज्यान गएको थियो ।

त्यस लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादी गतिविधिका विरुद्ध आफहरुले कडा जवाफ फर्काउने चेतावनी दिएका थिए । त्यसको २ साता वित्न नपाउँदै भारतीय पक्षले पाकिस्तानमा आक्रमण गरेको थियो । यसैबीच भारत पाकिस्तानबीच जारी युद्द अन्त्य भएलगत्तै अमेरिकाले खुसी व्यक्त गरेको छ । यसअघि अमेरिकाले युद्दविरामका लागि आफूहरु मध्यस्थता गर्न तयार रहेको बताउँदै आएको थियो



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

High Cost Of A Strong Euro High Cost Of A Strong Euro

२०७७ भाद्र ११ गते बिहिबार

Daniel Gros Europe is experiencing a “good” crisis. Despite...

बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि

२०७७ श्रावण १५ गते बिहिबार

३० जुलाई, २०२०ठोरी, पर्सा । पछिल्ला दिनहरुमा बीरगञ्जमा कोरोना...

बेल्जियमको लुभेनमा रेलको लिगमा हामफालेर एक नेपालीले रोजे मृत्यु बेल्जियमको लुभेनमा रेलको लिगमा हामफालेर एक नेपालीले रोजे मृत्यु

२०७६ फाल्गुन २३ गते शुक्रबार

०६ मार्च, २०२०लिंकरोभर । युरोपेली मुलुक बेल्जियममा एक नेपाली...

Top