Best Khabar Team | २०७९ माघ १ गते आइतबार
१५ जनवरी, २०२३
काठमाडौं । कास्कीको पोखरामा आज बिहान भएको विमान दुर्घटनामा चर्चित लोक तथा दोहोरी गायिका निरा छन्त्यालसमेत परेको बताइएको छ । माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी हुन निरा आज बिहान एति एयरलाईन्सको विमान चढेर पोखरातर्फ जाँदै थिइन् ।

उनको अवस्थाको बारेमा यो समाचार तयार पार्दासम्म केही खुल्न सकेको छैन । दुर्घटनापछि नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको विमानमा सवार यात्रुहरुको सूचीमा उनको नाम समेत उल्लेख गरिएको छ । उनले केही समय अघिमात्रै माघे संक्रान्तिको अवसरमा सबैमा आफ्नो सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गरेकी थिइन् ।

तस्वीरहरुः छन्त्यालको सामाजिक सञ्जाल फेसबुकबाट साभार ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मुग्लिन–नारायणगढ सडकखण्डको चार किलोमा पहिरो, राजमार्ग पूर्णरुपमा अवरुद्ध
२०७७ श्रावण ५ गते सोमबार
२० जुलाई, २०२०रामघाट, चितवन । अबिरल बर्षात्का कारण आएको...
सप्तरीमा पहिलो पटक भेटिए कोरोना संक्रमित
२०७७ बैशाख २९ गते सोमबार
११ मे, २०२०सप्तरी । तराईका जिल्लामा पछिल्ला दिनहरुमा कोरोना...
बेलायतबाट नेपाल आउने सबै उडानमा रोक लगाउने सरकारको निर्णय
२०७७ पुष ७ गते मंगलबार
२२ डिसेम्बर, २०२०काठमाडौं । नेपालले बेलायतबाट नेपालमा हुने सबै...
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुग्यो
२०७७ जेठ २१ गते बुधबार
०३ जुन, २०२०काठमाडौं । नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको...
Top