कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य

Best Khabar Team | २०७८ बैशाख १६ गते बिहिबार


२९ अप्रिल, २०२१
काठमाडौं । भारतमा आयोजित एउटा धार्मिक कार्यक्रममा सहभागी भएर फर्केपछि कोरोना संक्रमण देखिएपछि काठमाडौंमा उपचाररत पूर्वरानी कोमल शाहको अवस्था गम्भीर बनेको छ । केहीसाता अघि भारतबाट फर्कने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित रानी कोमल र उनीहरुकी छोरी प्रेरणा शाह तीनैजनालाई कोरोना भारइरसको संक्रमण देखिएको थियो ।

फाइल तस्वीर : पूर्वराजारानी ।

कोरोना संक्रमण देखिएपछि केहीदिन घरमै आइसोलेसनमा बसेपनि संक्रमण बढ्दै गएपछि उनीहरु बैशाख ११ गते उपचारको लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । नर्भिक अस्पतालमा अक्सिजनको सपोर्टमा पूर्वराजारानीको उपचार चलिरहेको भएपछि गएरातिदेखि कोमललाई थप अक्सिजनको सपोर्ट आबश्यक भएकोले अति सघन उपचार कक्ष (आइसियुमा) सारिएको अस्पतालले जनाएको छ ।

उनलाई सास फेर्न गाह्रो भएपछि थप अक्सीजन सपोर्टको आबश्यक परेकोले आइसियुमा भर्ना गरिएको बताइएको छ । उनको अवस्था गम्भीर र स्थिर रहेको अस्पताल स्रोतको भनाई छ । पूर्वराजा ज्ञानेन्द्रको अवस्था सामान्य रहेपनि उनलाई पनि अक्सिजनको सपोर्टमा उपचार गरिएको अस्पतालले जनाएको छ । उनीहरुको छोरी प्रेरणाको भने अस्पतालमा उपचार चरिरहेपनि अवस्था सामान्य रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हालसम्म काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या १ हजार नजिक हालसम्म काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या १ हजार नजिक

२०७७ श्रावण २४ गते शनिबार

०८ अगस्ट, २०२०काठमाडौं । पछिल्लो समयमा कोरोना संक्रमितको हिसावले...

गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’ गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२० काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ...

प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने

२०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२०काठमाडौं । मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी...

Top