Best Khabar Team | २०७८ बैशाख १३ गते सोमबार
२६ अप्रिल, २०२१
काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या तीब्रगतिमा बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा १ साताका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना नियन्त्रण उच्चस्तरीय समितिको आदेश अनुसार काठमाडौं ललितपुर भक्तपुरका प्रमुख जिल्ला अधिकारीले छुट्टाछुट्टै रुपमा विज्ञप्ति निकालेर आगामी बैशाख १६ गते बिहीबारदेखि लागूहुने गरी एकसाताका लागि निषेधाज्ञा जारी हुने बताएका छन् ।

यो आदेशसँगै आगामी बैशाख २२ गतेसम्म अब काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा तथा गतिविधि बन्द हुने भएका छन् । निषेधाज्ञा जारी गर्नुअघि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सरोकारवाला निकायसँग बैठक आह्वान गरेका थिए । बैठकपछि उनीहरुले निश्चित क्षेत्रलाई कम्तीमा एक साताका लागि बन्द गर्ने गरी आदेश जारी गरेका हुन् । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको विज्ञप्तिको मूल मर्म यसप्रकार रहेको छ ।


आगामी बैशाख २२ गतेपछि पनि कोरोना भाइरस नियन्त्रणमा नआए अहिलेको निषेधाज्ञा केही समय थपिनसक्ने अधिकारीहरुले बताएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धरानका युगल लिम्बु बेलायतको नदि किनारमा मृत भेटिए
२०७६ फाल्गुन २७ गते मंगलबार
१०, मार्च, २०२०लण्डन । पूर्वी नेपालको धरान घर भएका...
संसदीय चुनाव पर्यवेक्षणका लागि काँग्रेस उपसभापति निधी कोपहेगनमा
२०७६ जेठ २० गते सोमबार
०३ जुन, २०१९ कोपनहेगन/डेनमार्कमा हुन लागेको आसन्न संसदीय चुनावको...
लिखित परिक्षा सकिएको १८ महिनासम्म ट्रायल दिन पाइने
२०७७ माघ २५ गते आइतबार
०७ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले अबदेखि सवारी चालक अनुमति...
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख नाघ्यो
२०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०प्रदिप शर्मा– काठमाडौं । गत डिसेम्बरमा चीनको...
Top