नयाँदिल्लीमा फेरि थपियो लकडाउन : कोरोनाका विरामीलाई उपचार गराउन अस्पतालको अभाव

Best Khabar Team | २०७८ बैशाख १२ गते आइतबार


२५ अप्रिल, २०२१
नयाँदिल्ली, भारत । कोरोना भाइरसका संक्रमितहरुको संख्या दिनहुँ डरलाग्दो गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँदिल्लीमा जारी एकसाता लामो लकडाउन फेरि थपिएको छ । दिल्ली सरकारले कोरोना नियन्त्रणका लागि भन्दै राजधानी नयाँ दिल्लीमा आगामी मे ३ तारिक सम्मको लागि लकडाउन बढाउने घोषणा गरेको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले अहिले जारी रहेको लकडाउनका बीच पनि कोरोना संक्रमितको संख्या बढ्ने क्रम नरोकिएपछि बाध्य भएर आगामी एक साताको लागि लकडाउन थपिएको घोषणा गरेका हुन् । अहिले दिल्लीमा कोरोना संक्रमण नियन्त्रणका लागि भारतीय स्वास्थ्यकर्मीहरुलाई हम्महम्मे परेको छ । कोरोना संक्रमितको संख्या र मृतकको संख्या बढ्न थालेपछि भारतका विभिन्न अस्पतालमा अक्सिजनको समेत अभाव हुन थालेको छ । कोरोना संक्रमितको संख्या अत्यासलाग्दो गतिमा बढ्न थालेपछि सरकारले अहिले अस्पतालमा विरामीहरु भर्ना लिन समेत छाडेका छन् ।

अस्पतालका बेडको अभाव हुनुका साथै अन्य औषधीजन्य बस्तुको व्यवस्थापनमा पनि भारतीय स्वास्थ्यकर्मी तथा अस्पताललाई हम्मेहम्मे परेको छ । भारत सरकारले भारतका सबै निजी अस्पताललाई कोरानाका विरामीलाई उपचार गराउन आग्रह गर्दै खर्च सरकारले भर्ने बताएको छ । भारतका विभिन्न अस्पतालमा अहिलेसम्म ५० जना भन्दा बढीले अक्सिजनको अभावमा ज्यान गुमाउनु परेको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

तस्वीरहरु साभार : भारतीय सञ्चारमाध्यम ।

अहिलेको अवस्थामा लकडाउनको विकल्प नरहेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयम अपनाउन र स्वास्थ्य सुरक्षा मापदण्प अनिवार्य रुपमा पालन गर्न आम जनतालाई आग्रह गरेका छन् । उनले देशभर अक्सिजन प्लान्ट थप्नका लागि सरकारले काम अघि बढाइसकेको बताएका छन् । लकडाउनका समयमा अत्यावश्यकबाहेकका अन्य सवारी साधन सञ्चालन तथा उद्योग, कलकारखाना तथा कार्यालय सञ्चालनमा रोक लगाइएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ३३ हजार ८ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म भारतमा कोरोनाबाट १ लाख ९४ हजार ७ सय ९७ जनाको ज्यान गएको छ ।

भारतमा विश्वमा कोरोना संक्रमणको हिसावले अहिले दोश्रो नम्बरमा रहेको छ भने पछिल्लो १ साताको तथ्यांकलाई आधार बनाउँदा भारतले नयाँ संक्रमितको संख्यामा विश्वको हालसम्मको रेकर्डलाई तोडिरहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक

२०७६ मंशिर २३ गते सोमबार

०९ डिसेम्बर, २०१९ काठमाडौं । भारतले नेपाली भूमि समेटेर...

कोरोनाबाट नेपालमा चौधौं मृत्यु : स्याङ्जाका पुरुषले पोखरामा ज्यान गुमाए कोरोनाबाट नेपालमा चौधौं मृत्यु : स्याङ्जाका पुरुषले पोखरामा ज्यान गुमाए

२०७७ जेठ २६ गते सोमबार

०८ जुन, २०२०लेकसाईड, कास्की । । नेपालमा कोरोना संक्रमणबाट...

भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको तयारी, साउन तेश्रो साताबाटै राष्ट्रिय उडान सूचारु गर्ने योजना भदौ १ बाट अन्तर्राष्ट्रिय उडान खोल्ने सरकारको तयारी, साउन तेश्रो साताबाटै राष्ट्रिय उडान सूचारु गर्ने योजना

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै...

बन्द होटल तथा सार्वजनिक संरचनालाई क्वारेन्टाइन बनाउने सरकारको तयारी बन्द होटल तथा सार्वजनिक संरचनालाई क्वारेन्टाइन बनाउने सरकारको तयारी

२०७७ जेठ १२ गते सोमबार

२५ मे, २०२०काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकालगायत देशका...

Top