बेलायतकी रानी एलेजावेथका श्रीमानको ९९ वर्षमा निधन

Best Khabar Team | २०७७ चैत्र २७ गते शुक्रबार


०९ अप्रिल २०२१
वेस्टह्याम, लण्डन । बेलायतकी महारानी एलेजावेथ द्वितीयका श्रीमान् युवराज फिलिपको मृत्यु भएको छ । ९९ वर्षका फिलिपको आज बिहान निधन भएको बकिङ्हम प्यालेसलाई उद्दृत गर्दै विविसीले उल्लेख गरेको छ ।

तस्वीर साभार : इन्टरनेट ।

विभिन्न रोगबाट पीडित भएपछि ५ वर्षअघि ९९ वर्षीय फिलिपले दरबारबाट आफ्नो जिम्मेबारी छाडेका थिए । उनको आज बिहान आफ्नै निवासमा निधन भएको राजदरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्वर्गीय फिलिप र एलिजावेथका ४ छोराछोरी थिए भने उनीहरुबाट ८ नाति–नातिनी र १० पनाति–पनातिनीहरु जन्मिएका छन् ।

६० वर्षअघि नेपालको राजकीय भ्रमणका बेला बेलायती महारानी एलिजावेथ द्वितीय र उनका श्रीमान् स्वर्गीय फिलिप काठमाडौंको ऐतिहासिक हनुमानढोका क्षेत्रमा । । तस्वीर साभार : गेटि इमेजेस् ।

एडिनबर्गका ड्युक प्रिन्स फिलिपको निधन भएको घोषणा गर्दा आफूलाईअत्यन्तै दुःख लागेको महारानीको भनाई उल्लेख गर्दै बकिङ्गहम प्यालेसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । फिलिप र एलिजवेथको विवाह सन् १९४७ मा विवाह भएको थियो भने त्यसको ५ वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकाका पूर्वराष्ट्रपति दम्पत्ति पहिलो सगरमाथा आरोहीको बारेमा चलचित्र बनाउँदै अमेरिकाका पूर्वराष्ट्रपति दम्पत्ति पहिलो सगरमाथा आरोहीको बारेमा चलचित्र बनाउँदै

२०७७ माघ २५ गते आइतबार

०७ फेब्रुअरी, २०२१काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओमामा...

इराकमा रहेको अमेरिकी दुतावास नजिक रकेट प्रहार, सुरक्षित सेल्टर लिन अमेरिकाको आग्रह इराकमा रहेको अमेरिकी दुतावास नजिक रकेट प्रहार, सुरक्षित सेल्टर लिन अमेरिकाको आग्रह

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२० बग्दाद । पछिल्लो केही महिना यता...

पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । निजी बायुसेवा निगम एति...

हिमपहिरोमा पुरिएका धादिङ्का तामाङ्को शव ३ महिनापछि भेटियो हिमपहिरोमा पुरिएका धादिङ्का तामाङ्को शव ३ महिनापछि भेटियो

२०७७ बैशाख १२ गते शुक्रबार

२४ अप्रिल, २०२०काठमाडौं । २०७६ साल माघ ३ गतेदेखि...

Top