अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो

Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार


२८ फेब्रुअरी, २०२१
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकास्थित साम्नेगाउँमा मोटरबाटो खनिएको १५ वर्षपछि पहिलो पटक बस पुगेको छ । बिक्रम सम्बत् २०६१ सालमा पहिलो पटक स्थानीय वासिन्दाले जन श्रमदानबाट सडक खन्ने काम सम्पन्न गरेपनि नियमक निकायको बेवास्ताका कारण यो क्षेत्रसम्म अहिलेसम्म बस सेवा सञ्चालनमा आएको थिएन ।

तर हालै नगरपालिकाले सडकको स्तरोन्नती गरेपछि यो क्षेत्रमा आइतबार पहिलो पटक बस पुगेको छ । अब नियमित रुपमा बस सेवा सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । जिल्ला सदरमुकाम सन्धिखर्क हुँदै पहिलो पटक नगरपालिकाको साम्नेगाउँ वडा नम्बर १ स्थित छेंडापोखरीमा पुगेको लु २ ख ४९३२ नम्बरको बस र यसका चालकलाई स्थानीय वासिन्दाले पन्चेबाजा र फुलमालाले स्वागत गरेका थिए ।

आफ्नै घरगाउँमा बस सेवा सञ्चालन भएपछि बस र चालकलाई उनीहरुलाई अबिर माला लगाएर स्वागत गरेका थिए । विगतमा यो क्षेत्रमा जीप सेवा सञ्चालनमा रहेको भएपनि पानी पर्दा तथा बर्खाको बेला नियमित रुपमा जिपले सेवा दिन सकेको थिएन । स्थानीय वासिन्दाले सिमित संख्यामा चल्ने जीपका कारण स्थानीय उत्पादन सदरमुकाम तथा नजिकको बजारसम्म लैजानका लागि ठूलो समस्या भोग्दै आएका थिए ।

अब भने यो क्षेत्रमा बस सेवा सञ्चालन भएपनि नगरपालिकाको वडा नम्बर १ मा पर्ने धपखोला–छेडापोखरी–बगैंचा–साम्नेगाउँ–ओखटे र प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर–२ का सिउते–सिउडेनी–बाख्खोरका वासिन्दालाई विशेष फाइदा पुग्ने देखिएको छ । नगरपालिकाले यो सडकखण्डलाई हिउँद बर्खा नै सञ्चालन गर्ने गरी तयारी गर्ने र आवश्यक पर्ने बजेट नगरपालिकाले विनियोजन गर्ने जनाएको छ । थप बजेट आबश्यक परेमा जिल्ला विकास समितिसँग समन्वय गर्ने नगरपालिकाको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै करिब ३२ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईँदै

२०८० कार्तिक १७ गते शुक्रबार

०३ नोभेम्बर, २०२३काठमाडौं । देशभरका करिब ३२ लाख बालबालिकालाई...

काठमाडौं छाड्दै सर्वसाधारण, ५ दिनमा १ लाख बढी बाहिरिए काठमाडौं छाड्दै सर्वसाधारण, ५ दिनमा १ लाख बढी बाहिरिए

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको संक्रमण र...

युरोपेली मुलुक स्पेनका गुरुङ्ग समुदायले मनाए पनि मनाए तमुल्होसार युरोपेली मुलुक स्पेनका गुरुङ्ग समुदायले मनाए पनि मनाए तमुल्होसार

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ मड्रिड । नेपालका गुरुङ समुदायले आज...

पर्वत ठानामौलाका गुरुङ्को कोरोनाका कारण लण्डनमा निधन पर्वत ठानामौलाका गुरुङ्को कोरोनाका कारण लण्डनमा निधन

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०वेस्टह्याम, लण्डन । कोरोनाको संक्रमणबाट बेलायतमा पछिल्लो...

Top