अर्घाखाँचीको भूमिकास्थानमा बाटो खनेको १५ वर्षपछि बस पुग्यो

Best Khabar Team | २०७७ फाल्गुन १६ गते आइतबार


२८ फेब्रुअरी, २०२१
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकास्थित साम्नेगाउँमा मोटरबाटो खनिएको १५ वर्षपछि पहिलो पटक बस पुगेको छ । बिक्रम सम्बत् २०६१ सालमा पहिलो पटक स्थानीय वासिन्दाले जन श्रमदानबाट सडक खन्ने काम सम्पन्न गरेपनि नियमक निकायको बेवास्ताका कारण यो क्षेत्रसम्म अहिलेसम्म बस सेवा सञ्चालनमा आएको थिएन ।

तर हालै नगरपालिकाले सडकको स्तरोन्नती गरेपछि यो क्षेत्रमा आइतबार पहिलो पटक बस पुगेको छ । अब नियमित रुपमा बस सेवा सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । जिल्ला सदरमुकाम सन्धिखर्क हुँदै पहिलो पटक नगरपालिकाको साम्नेगाउँ वडा नम्बर १ स्थित छेंडापोखरीमा पुगेको लु २ ख ४९३२ नम्बरको बस र यसका चालकलाई स्थानीय वासिन्दाले पन्चेबाजा र फुलमालाले स्वागत गरेका थिए ।

आफ्नै घरगाउँमा बस सेवा सञ्चालन भएपछि बस र चालकलाई उनीहरुलाई अबिर माला लगाएर स्वागत गरेका थिए । विगतमा यो क्षेत्रमा जीप सेवा सञ्चालनमा रहेको भएपनि पानी पर्दा तथा बर्खाको बेला नियमित रुपमा जिपले सेवा दिन सकेको थिएन । स्थानीय वासिन्दाले सिमित संख्यामा चल्ने जीपका कारण स्थानीय उत्पादन सदरमुकाम तथा नजिकको बजारसम्म लैजानका लागि ठूलो समस्या भोग्दै आएका थिए ।

अब भने यो क्षेत्रमा बस सेवा सञ्चालन भएपनि नगरपालिकाको वडा नम्बर १ मा पर्ने धपखोला–छेडापोखरी–बगैंचा–साम्नेगाउँ–ओखटे र प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर–२ का सिउते–सिउडेनी–बाख्खोरका वासिन्दालाई विशेष फाइदा पुग्ने देखिएको छ । नगरपालिकाले यो सडकखण्डलाई हिउँद बर्खा नै सञ्चालन गर्ने गरी तयारी गर्ने र आवश्यक पर्ने बजेट नगरपालिकाले विनियोजन गर्ने जनाएको छ । थप बजेट आबश्यक परेमा जिल्ला विकास समितिसँग समन्वय गर्ने नगरपालिकाको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चैत्र ७ गतेदेखि  बैशाख ३ गतेसम्म युरोपलगायतका देशबाट नेपाल आउन नपाईने चैत्र ७ गतेदेखि बैशाख ३ गतेसम्म युरोपलगायतका देशबाट नेपाल आउन नपाईने

२०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२० काठमाडौं । सरकारले पछिल्लो समयमा कोरोनाबाट...

प्राथमिकताका आधारमा विदेशमा रहेका नेपाली स्वदेश ल्याइने : पहिलो चरणमा २५ हजारलाई फर्काईँदै प्राथमिकताका आधारमा विदेशमा रहेका नेपाली स्वदेश ल्याइने : पहिलो चरणमा २५ हजारलाई फर्काईँदै

२०७७ जेठ १६ गते शुक्रबार

२९ मे, २०२०काठमाडौं । कोरोनाको संक्रमण (कोभिड १९) का...

पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमआर आई सेवा शुरु पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एमआर आई सेवा शुरु

२०७५ चैत्र १२ गते मंगलबार

२६ मार्च, २०१९ पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिण्ठान...

बेलायतकी रानी एलेजावेथका श्रीमानको ९९ वर्षमा निधन बेलायतकी रानी एलेजावेथका श्रीमानको ९९ वर्षमा निधन

२०७७ चैत्र २७ गते शुक्रबार

०९ अप्रिल २०२१वेस्टह्याम, लण्डन । बेलायतकी महारानी एलेजावेथ द्वितीयका...

Top