सातै प्रदेशका जिल्ला अस्पतालबाट कोरोनाविरुद्धको खोप लगाईने

Best Khabar Team | २०७७ माघ १२ गते सोमबार


२५ जनवरी, २०२१
काठमाडौं । आगामी बुधबार बिहानबाट आम नागरिकमा लगाउने तयारीमा रहेको कोरोना भाइरस विरुद्धको भ्याक्सिन सरकारले देशका सातवटै प्रदेशमा रहेका अस्पतालहरुबाट लगाउन शुरु गर्ने जनाएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आगामी बुधबारबाट देशका ७ वटै प्रदेशमा रहेका विभिन्न अस्पतालमा कार्यरत कर्मचारी, अस्पतालको सरसफाईमा खटिएका कर्मचारी, कोरोनाले ज्यान गुमाएकाको शव व्यवस्थामा खटिएका सेना, प्रहरीलगायत स्वयंसेवकलाई पहिलो चरणमा कोरोनाविरुद्धको भ्याक्सिन लगाउने सरकारले जनाएको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार सात प्रदेशका ५ दर्जन बढी अस्पतालबाट एकैपटक कोरोना भाइरसविरुद्धको भ्याक्सिनलगायत शुरु गरिने छ । देशका सबै जिल्ला अस्पतालबाट कोरोना विरुद्धको भ्यासिक्न लगाउने तयारी छ । जिल्ला अस्पतालको सिफारिसमा अन्य स्वस्थ्य तथा उपस्वास्थ्य चौकीबाट पनि कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुने छ ।

जिल्ला अस्पताललाई भने कोरोनाविरुद्धको खोप केन्द्रको रुपमा तयार गरिएको मन्त्रालयको भनाई छ । मन्त्रालयले आजसम्म देशका सबै प्रदेशमा कोरोना विरुद्धको खोप पुगिसकेको दाबी गरेको छ। शुरुमा देशभर फ्रन्टलाईनमा खटिएका झण्डै पौने पाँच लाखलाई खोप लगाईने तयारी छ ।

त्यसका लागि खोप केन्द्रको छनौट, खोपलाई आवश्यक पर्ने तापक्रमको व्यवस्थापनलगायतका सबै कामको तयारी पुरा भएको सम्बन्धित जिल्ला अस्पतालले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे खोप लगाउने कार्यक्रमको उद्घाटन गर्ने तयारी गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तस्वीरमा हेर्नुहोस् महानायक राजेश हमालदेखि नायिका मनिषा कोइरालासम्मको होली (फोटोफिचर) तस्वीरमा हेर्नुहोस् महानायक राजेश हमालदेखि नायिका मनिषा कोइरालासम्मको होली (फोटोफिचर)

२०७९ फाल्गुन २२ गते सोमबार

०६ मार्च, २०२३ काठमाडौं । यसवर्ष सोमबार परेको होलीपर्व...

Suffering is a part of life… Suffering is a part of life…

२०७७ श्रावण ७ गते बुधबार

– Shree Hari Subedi “SAMAN”We generally believe that suffering...

पनौतीमा आमाछोरीको मृत्यु प्रकरण : मध्यरातमा  गोली चल्यो, प्रहरीविटमा आगजनी, केही घाइते पनौतीमा आमाछोरीको मृत्यु प्रकरण : मध्यरातमा गोली चल्यो, प्रहरीविटमा आगजनी, केही घाइते

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०बनेपा । काभ्रेको पनौतीमा प्रहरी र स्थानीय...

कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० काठमाडौं । विकट कर्णाली प्रदेशमा हिजो...

Top