Best Khabar Team | २०७७ माघ ८ गते बिहिबार
२१ जनवरी, २०२०
लिंकरोभर, बेल्जियम । अबैधरुपमा युरोप छिर्न खोजेका आप्रबासीहरु सवार डुंगा दुर्घटनामा पर्दा कम्तीमा ४३ जना आप्रबासीहरुको निधन भएको छ । लिबियाको एक प्रमुख शहर ट्रिपोली नजिकै पर्ने भूमध्यसागरमा भएको सो डुंगा दुर्घटनामा ४३ जनाको घटनास्थलमै मृत्यु भएको संयुक्त राष्ट्र संघको प्रवाश एजेन्सी (आईओएम)ले उल्लेख गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरु कहाँका नागरिक हुन् भन्ने विषयमा केही खुल्न सकेको छैन ।

लिबियालगायतका अफ्रिकी मुलुकमा विभिन्न सशस्त्र समूह र सरकारबीच जारी वर्षौदेखिको द्वन्द्वको चपेटामा परेकाहरु समुद्रको बाटो हुँदै युरोप छिर्ने योजना बनाउँदै जोखिमपूर्ण रुपमा समुद्रको यात्रा रोज्ने गर्दछन् । सोही क्रममा पछिल्लो पटक करिब ५ दर्जन आप्रबासीलाई लिएर युरोपको यात्रा तय गर्दै गरेको सो डुंगा दुर्घटनामा परेको हो ।
समुद्रको बीच भागमा आइपुगेपछि डुंगाको इन्जिनले एक्कासी काम गर्न छाडेपछि सो डुंगा दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् । समाचार संस्था सिएनएनका अनुसार सो घटनामा परेका १० जनालाई जिवितै उद्दार गरिएको छ । हरेक वर्ष अबैध बाटो र प्रक्रियाबाट जोखिमपूर्णरुपमा युरोप छिर्न खोज्ने सयौं आप्रबासीहरुले यसैगरी ज्यान गुमाइरहेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
४६ औं राष्ट्रपतिको रुपमा ह्वाईट हाउस छिरे बाइडेन !
२०७७ माघ ७ गते बुधबार
२० जनवरी, २०२१न्यूर्योक । संयुक्त राज्य अमेरिकाको ४६ औं...
दामनको एभरेष्ट रिसोर्टमा ‘निसास्सिएर’ ८ भारतीय पर्यटकको मृत्यु
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०हेटौंडा । पर्यटकीय क्षेत्रका रुपमा रहेको मकवानपुर...
अमेरिकी प्रहरीले २० वर्षअघिको बलात्कार काण्डका नेपाली पक्राउ गरी नेपाल पठायो
२०७६ कार्तिक ७ गते बिहिबार
२४ अक्टोबर, २०१९ टेक्सास । पूर्वी नेपालको झापा जिल्लामा...
सेतो छालावालाको कालो कर्तुत : बालबालिकामाथि यौन दुराचार गर्ने अमेरिकी नागरिक मुडे पक्राउ
२०७६ मंशिर २३ गते सोमबार
१९ डिसेम्बर, २०१९काठमाडौं । भाषा पढ्न बहानामा नेपालमा बसेर...
Top