कोरोना विरुद्धको भ्याक्सिन अर्को सातादेखि लगाउने तयारी, १० लाख खोप काठमाडौं आइपुग्यो

Best Khabar Team | २०७७ माघ ८ गते बिहिबार


२१ जनावरी, २०२१
काठमाडौं । कोरोना भाइरस विरुद्ध तयार पारिएको भ्याक्सिन (खोप) आज भारतबाट नेपाल आइपुगेको छ । भारत सरकारको अनुदान सहयोगमा नेपाललाई उपलब्ध १० लाख थान खोप आज काठमाडौं आइपुगेको हो । नेपाल आइपुगेको खोपलाई अर्को सातादेखि प्रयोगमा ल्याउने तयारीमा सरकार जुटेको छ ।

भारतको अक्सफोर्ड र एस्ट्राजेनेकाले संयुक्त रुपमा निर्माण तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप कोरोना भाइरसबाट प्रभावित भएकाहरुलाई लगाउँदा ७० प्रतिशत प्रभावकारी भएको भन्दै भारतले पनि गएको सातादेखि यो खोप आम नागरिकमा लगाउन शुरु गरिसकेको छ ।

सरकारले कोरोना विरुद्धको यो खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइमा खटिएका अस्पताल तथा महानगरका कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी तथा अन्य विभिन्न स्वास्थ्य स्वयंसेवीलगायतलाई लगाउन शुरु गर्ने जनाएको छ ।

आज मध्यान्ह एयर इन्डियाको विमानबाट नेपाल ल्याइएको सो खोप भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमणबाट...

सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट सार्कका ८ राष्ट्रमा के छ कोरोना प्रकोप ? अंकमा हेर्नुहोस् पछिल्लो अपडेट

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० बन्दना सापकोटा । काठमाडौं । कोरोना...

Nepal’s Mount Everest seen from Bihar India by open eyes Nepal’s Mount Everest seen from Bihar India by open eyes

२०७७ बैशाख २३ गते मंगलबार

A picture of the the snow-capped peaks of the...

आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान आफैंले चलाएको कारले लियो गजल गायक भट्टराईको ज्यान

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२० काठमाडौं । आफैंले चलाएको कार दुर्घटनामा...

Top