Best Khabar Team | २०७७ माघ २ गते शुक्रबार
१५ जनावरी, २०२१
दि हेग, नेदरल्याण्ड । आर्थिक घोषणाको आरोप लागेका नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टेले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले आज दिउँसो प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले यहाँका राजा विलेम अलेक्ज्याण्डर समक्ष राजीनामा बुझाएको नेदरल्याण्डका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनीमाथि कानुन विपरित बालबालिकाको कल्याण कोषको नाममा विगत २०१० देखि पटक पटक अपारदर्शी तरिकाले काम गर्दै आएको आरोप लगेको थियो । उनले यसबीचमा सयौं घर परिवारलाई अपरादर्शी तरिकाले आर्थिक सहयोग गरेको आरोप लाग्दै आएको युरो न्यूजले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । हालै यहाँको संसदबाट जारी भएको एक प्रतिवेदनमा बालबालिकाको स्याहार सुसारका नाममा रुट्टे नेतृत्वको सरकारले वितरण गरेको सहयोग रकम अपारदर्शी रहेको उल्लेख गरिएको थियो ।
यसमाथि गम्भीर छानबिन हुनुपर्ने भन्दै विपक्षीहरुले पटक पटक सरकारको विरुद्ध अभियान छेड्ने तयारी गरिरहेका थिए । सन् २०१० देखि नेदरल्यण्डको प्रधानमन्त्रीको रुपमा रहेका रुट्टे चौथो कार्यकालमा आफ्नो पदीय जिम्मेवारी सम्हाल्दै आएका थिए । यद्यपि कोरोना भाइरसको व्यवस्थापनका लागि उनले अर्को सरकार नआउन्जेलसम्म आफू नेतृत्वको सरकार निरन्तर रुपमा लाग्ने उनको भनाई छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा पहिलो पटक पत्रकारलाई कोरोना !
२०७७ बैशाख ३० गते मंगलबार
१२ मे, २०२० वीरगञ्ज । नेपालमा पहिलो पटक सञ्चारकर्मी...
५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन
२०७७ पुष २५ गते शनिबार
०९ जनवरी, २०२१जाकर्ता, इन्डानेसिया । इन्डोनेसियामा श्रीविजया एयरलाईन्सको एउटा...
टेक्सासको चर्चमा प्रार्थना चलिरहँदा बन्दुक आक्रमण, २ मारिए (भिडियोसहित)
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९टेक्सास । अमेरिकाको टेक्सासमा क्रिश्चियन धर्मावलम्बीहरु भेला...
नेपाली दुतावास बर्लिनद्वारा पोल्याण्डको वार्सामा घुम्ती सिबिर सञ्चालन
२०८० आश्विन २७ गते शनिबार
१४ अक्टोबर, २०२३ बर्लिन, जर्मनी । बर्लिनस्थित नेपाली दूतावासको...
Top