Best Khabar Team | २०७७ पुष २५ गते शनिबार
०९ जनवरी, २०२१
जाकर्ता । इन्डोनेसियाको जाकर्ताबाट ६२ जना यात्रु लिएर बोर्नियो टापुका लागि उडेको जहाज दुर्घटनामा परेको छ । स्थानीय समय अनुसार आज अपरान्ह करिब पौने ३ बजेबाट सम्पर्कबिहिन बनेको सो जाहाज साँझ अबेर समुद्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको अधिकारीहरुको भनाई उद्दृत गर्दै दि न्यूयोर्क टाइम्सले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ ।

यद्यपि इन्डोनेसया सरकारले भने यसको औपचारिक पुष्टि यो समाचार तयार पार्दासम्म गरिसकेको छैन । आज दिउँसो जाकर्ता विमानस्थलबाट उडेको केहीबेरपछि नै सो विमानको सम्पर्क टावरसँग टुटेको थियो । पछिल्लो पटक टावरसँगको भएको सम्पर्क तथा उडानसम्बन्धी प्रत्यक्ष जानकारी अद्यावधिक गर्ने फ्लाईट राडर ट्वेन्टीफोर डटकमले गरेको रेकर्डलाई हेर्दा सो विमान एक मिनेट भन्दा कम समयमा एक्कासी १० हजार फिट तल झरेको देखिएको थियो । स्थानीय श्रीविजय एयरको सो विमान जाकर्ता विमानस्थलबाट उडेलगत्तै भारी बर्षा भएको बताइएको छ । विमान दुर्घटनाको कारण खुल्न सकेको छैन ।
समुद्रमा माछा मार्ने माझीहरुले आकाशबाट आगोको मुस्लोसहितको बस्तु समुद्रमा खसेको बताएसँगै इन्डोनेसिया सरकारले विज्ञ तथा अधिकारीहरुलाई विमानको खोजी कार्यका लागि जल तथा हवाईमार्गबाट सो क्षेत्रमा परिचालन गरेको थियो । साँझ अबेर समुद्रमा केही च्यातिएका कपडा तथा अन्य केही मेसिनरी पाटपुर्जा टुटेको अवस्थामा भेटिएको उनीहरुले बताएका छन् । विमान दुर्घटनामा परेको बताइएपनि विमानमा रहेका ६२ जनाको अवस्थाबारे यो समाचार तयार पार्दासम्म केही खुल्न सकेको छैन । बिमानमा चालक दलका १२ जना सदस्यसहित ४ जना नाबालक तथा ७ जना बालबालिका रहेको बताइएको छ ।

विमान सम्पर्कविहिन भएसँगै विमानस्थलमा चालकदलका सदस्यको परिवार तथा यात्रुहरुको आफन्त जम्मा हुन थालेका छन् । उद्दारकर्ताहरुले राति अबेरसम्म पनि विमानको खोजी कार्य जारी राखेको भएपनि अहिलेसम्म दुर्घटना भएको पुष्टि गर्ने केही टुटेफुटेका सामग्रीहरुबाहेक अरु केही फेला पार्न सकेका छैनन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायतले डेढ महिनामा पायो दोश्रो प्रधानमन्त्री: ऋषि सुनक बने नयाँ प्रधानमन्त्री
२०७९ कार्तिक ७ गते सोमबार
२४ अक्टोबर, २०२२लण्डन । बेलायतले विगत डेढ महिनाको अवधिमा...
बैद्य नेतृत्वको माओवादीका उपाध्यक्ष गजुरेलसहित करिब एक दर्जन काठमाडौंबाट पक्राउ
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९ काठमाडौं । सिमा विवादसम्बन्धी ज्ञापनपत्र बुझाउने...
सर्वोच्चले भन्यो : विषादी परिक्षण रोक्ने निर्णय तत्काल कार्यान्वयन नगराउनु
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । भारतबाट आयातित तरकारी तथा...
अमेरिकामा ‘साइबर संकटकाल’ घोषणा
२०७६ जेठ २ गते बिहिबार
१६ मे, २०१९ न्युयोर्क । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुक...
Top