‘परदेशिको पिडा’ लिएर सांगीतिक क्षेत्रमा झुल्किए फोटोपत्रकार वन्त

Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार


०६ नोभेम्बर, २०२०
काठमाडौं । सँधैभरी समाजमा हुने गरेका विभिन्न खाले गतिविधि र घटनाक्रमलाई फोटोको माध्यमबाट सार्वजनिक गर्दै आम नागरिक माझ स्थापित फोटो पत्रकारको छवि बनाएका पत्रकार प्रदिपराज वन्तले फोटो पत्रकारितासँगै नयाँ क्षेत्रमा पाइला चालेका छन् । पछिल्ला वर्षहरुमा विभिन्न सामाजिक काममा समेत सक्रियरुपमा लाग्दै आएका वन्त हालैमात्र नेपाली सांगीतिक आकाशमा नयाँ म्युजिक भिडियो मार्फत् सार्वजनिक भएका छन् ।

‘परदेशिको पिडा’ नामक म्युजिक भिडियोमार्फत् सांगीतिक आकाशमा उदाएका पत्रकार वन्तको यो पहिलो सांगीतिक प्रस्तुती हो । सिजन इन्टरटेन्मेन्टको निर्माण रहेको यो सांगीतिक प्रस्तुतीमा शब्द गीतकार नवराज घिमिरेको रहेको छ । सो म्यूजिक भिडियोकोको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेललगायतको टोलीले संयुक्त रुपमा गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रका बीच गरिएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारितासँगै कलाकारितामा होमिएका वन्तलाई सफलताको शुभकामना व्यक्त गरेका थिए । प्रस्तुत सांगीतिक कोशेलीमा विशेषत विदेशमा नेपालीहरुले भोगेको दुखः तथा पीडालाई गीत संगीतको माध्यमबाट प्रस्तुत गरिएको छ ।

स्वदेशमा अवसरको खोजीमा रहेर अनेकौं हण्डर खाएपछि अन्त्यमा विदेसिनुपर्ने बाध्यता र विदेसियपछि उनीहरुले भोग्नुपरेका दुःख तथा पीडालाई प्रस्तुत गीतिमा उल्लेख गरिएको छ । प्रस्तुत गीतमा गायक विनोद दनुवार आवाज दिएका छन् भने फोटो पत्रकार प्रदीपराज वन्त र मोडल सोनाम केसीको अनिय रहेको छ । नविनबाबु गरुङको निर्देशन तथा छायाङकन रहेको प्रस्तुत गीत आजैबाट युट्वमार्फत् सार्वजनिक समेत भएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

हिरासतमुक्त भएलगत्तै गजुरेलले भने : कालापानीबाट भारतीय सेना हटाउँछौं हिरासतमुक्त भएलगत्तै गजुरेलले भने : कालापानीबाट भारतीय सेना हटाउँछौं

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९ काठमाडौं । सिमा मिचिएको विषयमा ज्ञापन...

देशभर कोरोना संक्रमितको संख्या ४६  सय*बाट उकालो लाग्यो देशभर कोरोना संक्रमितको संख्या ४६ सय*बाट उकालो लाग्यो

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा थप २...

‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’ ‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट...

विश्वमा कोरोना : मृतकको संख्या साढे ४ लाख नाघ्यो, अमेरिकामा मात्रै झण्डै १ लाख २० हजारको मृत्यु विश्वमा कोरोना : मृतकको संख्या साढे ४ लाख नाघ्यो, अमेरिकामा मात्रै झण्डै १ लाख २० हजारको मृत्यु

२०७७ असार ४ गते बिहिबार

१८ जुन, २०२०न्यूर्योक, अमेरिका । विश्वव्यापी महामारीको रुपमा फैलिएको...

Top