कोरोना संक्रमणसँगै निमोनिया भएपछि हास्य कलाकार गजुरेल आइसियुमा, अवस्था सामान्य

Best Khabar Team | २०७७ कार्तिक २१ गते शुक्रबार


०६ नोभेम्बर, २०२०
काठमाडौं । केहीदिनअघि कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा उपचाररत बरिष्ठ हास्य कलाकार मनोज गजुरेलमा निमोनिया संक्रमण देखिएको छ । गएको कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा थिए ।

घरमै रहेका बेला उनमा निमोनियाको समेत संक्रमण देखिएपछि उनको काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको ‘कोरोना उपचार कक्षमा’ राखेर उपचार भै रहेको छ । हाल अस्पतालको आइसियु कक्षमा राखेर उपचार भै रहेका गजुरेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनको अवस्था खतरामुक्त रहेको अस्पतालको भनाई छ । २ दिनअघि एक्कासी कोरोनासंग मिल्दो लक्षण देखिएर स्वास्थ्यमा थप समस्या देखिएपनि उनलाई उपचारको लागि अस्पताल भर्ना गरिएको हो । यसैबीच गजुरेलकी पूर्व पत्नी मिना ढकालले सामाजिक सञ्जालमार्फत् उनको स्वास्थ्यलाभको कामना गरेकी छन् ।

आफ्ना पूर्व पतिसँग जस्तोसुकै अप्ठेरोसँग सामना गर्ने क्षमता भएकोले कोरोनालाई जित्नेमा आफू आशावादी भएको विश्वास व्यक्त गरेकी छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

क्यान्सरले लग्यो बलिउड अभिनेता इरफानलाई क्यान्सरले लग्यो बलिउड अभिनेता इरफानलाई

२०७७ बैशाख १७ गते बुधबार

२९ अप्रिल, २०२०नयाँदिल्ली । चर्चित बलिउड तथा हलिउड अभिनेता...

फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित) फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित)

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । कोरोना संक्रमण फैलने भन्दै देशका...

५ बुँदे सहमतिमा टुंग्याईयो उखु किसानको काठमाडौं केन्द्रीत आन्दोलन ५ बुँदे सहमतिमा टुंग्याईयो उखु किसानको काठमाडौं केन्द्रीत आन्दोलन

२०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२०काठमाडौं । चिनी मिललाई दिइएको उखुको बक्यौता...

अष्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, ६ महिनासम्म यो क्रम निरन्तर रहनसक्ने अष्ट्रेलियाले विदेशी नागरिकलाई प्रवेशमा रोक लगायो, ६ महिनासम्म यो क्रम निरन्तर रहनसक्ने

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० सिड्नी । कोरोना भाईरस (कोभिड १९)...

Top