Best Khabar Team | २०७७ भाद्र २८ गते आइतबार
१३ सेप्टेम्बर, २०२०
दोहा, कतार । कोरोना भाइरसको संक्रमण फैलिएदेखि हालसम्म (स्थानीय समय अनुसार आइतबार बिहान ९ बजेसम्म) विदेशमा रहेका २ सय ४३ जना नेपालीको ज्यान गएको छ । विश्वका विभिन्न देशमा रहेका नेपाली दूतावास तथा गैर आवासीय नेपाली संघले उपलब्ध गराएको तथ्यांक अनुसार अमेरिका, जापान, बेलायत, स्पेनलगायत विश्वका करिब डेढ दर्जन बढी देशमा हालसम्म २ सय ४३ जनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।

पछिल्लो सातामात्रै विश्वका विभिन्न देशमा थप ४३ जना नेपालीको ज्यान गएको गैर आवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी गराएका छन् । उनका अनुसार साउदी अरब र बेलायतमा सबैभन्दा धेरै नेपाली कोरोनाका कारण मृत्युबरण गर्न पुगेका छन् । साउदीमा हालसम्म ५२ जनाले ज्यान गुमाएका छन् भने कतार बेलायतलगायतका देशमा पनि कोरोना कारण नेपालीले ज्यान गुमाएका छन् ।
यसका अलावा पोल्याण्ड, अमेरिका, स्पेन, जापान, आएरल्याण्ड, कतारलगायतका देशका नेपालीको पनि कोरोनाका कारण ज्यान गएको एनआरएनले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सन् २०२० को दशकलाई पर्यटन दशकको रुपमा विकास गर्ने सरकारको घोषणा
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । सरकारले सन् २०२० को...
कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो
२०७७ बैशाख २२ गते सोमबार
०४ मे, २०२०लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरको...
भारतीय भूमिमा रोकिएका सयौं नेपाली मजदुरलाई स्वदेश ल्याउन शुरु, आजमात्रै ६ सय बढीको उद्दार
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड १९) संक्रमणको...
नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै धेरै संक्रमित
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०काठमाडौं । पछिल्लो केही समययता फैलिएको कोरोना...
Top