Best Khabar Team | २०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०
काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर भएकी सज्जा चौलागाईले नेपाल आइडल सिजन–३ को उपाधि जित्न सफल भएकी छिन् । योसँगै उनी नेपाली अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी सोकि प्रथम नारी (महिला) बिजेताको रुपमा आफ्नो नाम दर्ज गराउन सफल भएकी छिन् ।

काठमाडौंमा आज भएको नेपाल आइडल सिजन–३ को फाइल प्रतिस्पर्धामा प्रवीण बेटुवाल र किरणकुमार भुजेललाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन् । चौलागाईले उपाधि जित्दै गर्दा भेटुवाल पहिलो रनरअप र भुजेल दोश्रो रनरअप बने । दर्शकबाट प्राप्त मत र निर्णायकको मूल्यांकनबाट चौलागाईले उपाधि जितेको घोषणा गरिएको थियो ।

योसँगै उनले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन् भने भेटुबालले १०लाख र भुजेलले ५ लाख पुरस्कार प्राप्त गरेका छन् । स्कुले जीवनदेखि नै गायनमा पाइला राखेको बताउने चौगागाई क्याम्पस जीवनमा पनि गायन क्षेत्रमा सक्रिय रहेकी थिइन् भने अहिले पनि विभिन्न सांगीतिक व्याण्डसँग आबद्ध भएर सांगीतिक प्रस्तुती दिँदै आएकी थिइन् ।
यस्तै पहिलो रनरअप बनेका भेटुवाल बर्दिया राजापुरका र दोश्रो रनरअप बनेका भुजेल महोत्तरी बर्दिबासका स्थायी बासिन्दा रहेका छन् । उनीहरुले पनि सानैदेखि आफूहरुमा सांगीतिक झुकाव रहेको बताउँदै आएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
१० दिन अस्पताल बसेर प्रधानमन्त्री बालुवाटार फर्किए, स्वास्थ्यस्थिति सुधारोन्मुख
२०७६ मंशिर १९ गते बिहिबार
०५ डिसेम्बर, २०१९ काठमाडौं । विगत १० दिनदेखि राजधानीको...
क्यानडामा नेपाली टोपी दिवस र भ्रमण वर्ष २०२०
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२०टोरोन्टो । अँग्रेजी नयाँ वर्षको दिन नेपालीहरुले...
अभिनेत्री मनीषा कोइराला काठमाडौं आएलगत्तै ‘क्वारेन्टाइनमा’
२०७७ जेठ २२ गते बिहिबार
०४ जुन, २०२०काठमाडौं । बलिउड अभिनेत्री नेपाली चेली मनीषा...
गीतकार पारस थापाले ल्याए जनचेतनामूलक गीत ‘आयो कोरोना’ (भिडियोसहित)
२०७७ श्रावण २१ गते बुधबार
०६ अगस्ट, २०२०कोरोना भाइरसको प्रकोपबाट विश्व आतंकित भै रहेका...
Top