ब्रह्मलीन भए राष्ट्रकबि घिमिरे

Best Khabar Team | २०७७ भाद्र २ गते मंगलबार


१८ अगस्ट, २०२०
काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको छ । विगत केही महिनादेखि अस्वस्थ्य भएर घरमै अक्सिजनको सहारा लिएर आराम गरिरहेका घिमिरेको १ सय २ वर्षको उमेरमा आज साँझ करिब ६ बजे निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको काठमाडौंको लाजिम्पाटस्थित आफ्नै निवासमा निधन भएको हो ।

घिमिरे विक्रम् सम्वत् १९७६ साल असोजमा लमजुङ् जिल्लाको तत्कालीन पुस्तन भन्ने स्थानमा जन्मिएका थिए । नेपाली साहित्यमा घिमिरेका दर्जनौ कविता, कथा, निबन्धहरु रहेका छन् । यस्तै घिमिरेका केही महाकाब्य प्रकाशित भएका छन् भने केही प्रकाशनको क्रममा रहेका छन् । सरकारले घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

घिमिरेका ‘गौरी’ शोककाव्य, ‘राष्ट्र निर्माता’ खण्डकाव्य, ‘मालती–मङ्गले’ गीतिनाटकलगायत प्रसिद्ध कृति हुन् । उनले भारतको वनारसबाट दर्शनमा शास्त्रीसम्मको अध्ययन गरेका थिए भने जीवनको केही समय शिक्षण तथा प्राध्यापन पेशामा पनि संलग्न रहेका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना भाइरसको प्रकोप : अप्रिल १५ सम्मका लागि पोर्चुगल र स्पेनबीचको सबै नाका बन्द कोरोना भाइरसको प्रकोप : अप्रिल १५ सम्मका लागि पोर्चुगल र स्पेनबीचको सबै नाका बन्द

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०मड्रिड । युरोपेली मुलुक पोर्चुगलले छिमेकी मुलुक...

नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित नेपालको ‘नयाँ नक्सा र निशान छाप’ प्रतिनिधिसभाबाट बहुमतले पारित

२०७७ जेठ ३१ गते शनिबार

१३ जुन, २०२०काठमाडौं । हालै सरकारले जारी गरेको नेपालको...

विषाक्त रक्सी सेवनबाट महोत्तरीमा ५ जनाको ज्यान गयो विषाक्त रक्सी सेवनबाट महोत्तरीमा ५ जनाको ज्यान गयो

२०७७ बैशाख १८ गते बिहिबार

३० अप्रिल, २०२०जलेश्वर । घरमै बनाइएको विषाक्त मदिरा सेवनबाट...

नयाँवर्ष मनाउने क्रममा भएको आगलागीमा परी स्विट्जरल्याण्डमा ४० जनाको मृत्यु, कम्तीमा ११५ जना घाइते नयाँवर्ष मनाउने क्रममा भएको आगलागीमा परी स्विट्जरल्याण्डमा ४० जनाको मृत्यु, कम्तीमा ११५ जना घाइते

२०८२ पुष १७ गते बिहिबार

०१ जनवरी, २०२६प्रतीक लामिछाने/ सेञ्जेन, लक्जम्बर्ग । नयाँवर्ष मनाउने...

Top