Best Khabar Team | २०७७ भाद्र २ गते मंगलबार
१८ अगस्ट, २०२०
काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको निधन भएको छ । विगत केही महिनादेखि अस्वस्थ्य भएर घरमै अक्सिजनको सहारा लिएर आराम गरिरहेका घिमिरेको १ सय २ वर्षको उमेरमा आज साँझ करिब ६ बजे निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको काठमाडौंको लाजिम्पाटस्थित आफ्नै निवासमा निधन भएको हो ।

घिमिरे विक्रम् सम्वत् १९७६ साल असोजमा लमजुङ् जिल्लाको तत्कालीन पुस्तन भन्ने स्थानमा जन्मिएका थिए । नेपाली साहित्यमा घिमिरेका दर्जनौ कविता, कथा, निबन्धहरु रहेका छन् । यस्तै घिमिरेका केही महाकाब्य प्रकाशित भएका छन् भने केही प्रकाशनको क्रममा रहेका छन् । सरकारले घिमिरेलाई २०६० साल असोज ९ गते सरकारले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।
घिमिरेका ‘गौरी’ शोककाव्य, ‘राष्ट्र निर्माता’ खण्डकाव्य, ‘मालती–मङ्गले’ गीतिनाटकलगायत प्रसिद्ध कृति हुन् । उनले भारतको वनारसबाट दर्शनमा शास्त्रीसम्मको अध्ययन गरेका थिए भने जीवनको केही समय शिक्षण तथा प्राध्यापन पेशामा पनि संलग्न रहेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
दक्षिण एसियाली खेलकुदको पुरुष फुटबल खेलमा नेपाललाई स्वर्णपदक
२०७६ मंशिर २४ गते मंगलबार
११ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली...
दैलेखमा १० दिनअघि भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, कोरोनाको आशंका
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०दुल्लु, दैलेख । भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै...
देशभर कोरोना संक्रमितको संख्या ४५ पुग्यो
२०७७ बैशाख १० गते बुधबार
२२ अप्रिल, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४५...
ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना : ६ को मृत्यु, २८* घाइते
२०७९ फाल्गुन २८ गते आइतबार
१२ मार्च, २०२३सिन्धुलीगढी, सिन्धुली । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको...
Top