Best Khabar Team | २०७७ श्रावण १२ गते सोमबार
२७ जुलाई, २०२०
काठमाडौं । वर्षायाम शुरु भएसँगै देशका विभिन्न जिल्लामा निरन्तर रुपमा बर्षा भईरहेको छ । यही क्रममा आजबाट आगामी ५ दिन देशका विभिन्न जिल्लामा थप वर्षा हुनसक्ने भन्दै मौसम विभागले सर्तक रहन सबैलाई आग्रह गरेका छ । विशेष गरी आजबाट सक्रिय हुने मौसमले देशका विभिन्न जिल्लामा भारी वर्षात्को सम्भावना रहेको बताइएको छ ।

नदी तथा खोला किनार आसपासमा बस्ने वासिन्दालाई यस अवधिमा विशेष सर्तकता अपनाउन विभागले आग्रह गरेको छ । देशका कतिपय पहाडी जिल्लामा पनि यो बीचमा भीषण वर्षात्को सम्भावना रहेको विभागको पूर्वानुमान रहेको छ । विगत केहीसाता देश नेपालमा मनसुन सक्रिय रहेको भएपनि पछिल्लो एकसाता मनसुन केही कमजोर बनेका कारण देशका केही प्रदेशमा मात्रै वर्षा भएको थियो । तर आजबाट फेरि थप केही जिल्लाहरुमा भारी वर्षा हुने अनुमान विभागले गरेको छ ।
आजबाट शुरुहुने वर्षात् आगामी शुक्रबारसम्म जारी रहने भन्दै विभागले राजमार्ग तथा अन्य स्थानमा यात्रा गर्दासमेत विषेश सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । विभागले पश्चिम नेपालको स्याङ्गजा र पोखरामा भीषण वर्षा भएको भन्दै त्यस आसपासका वासिन्दा (विशेष गरी खोला र नदी आपसासका बस्तीहरुमा ) र पर्वत जिल्लाको मोदी आसपासका खोला र कालीगण्डकी नदीहरुमा पानीको उच्च बहाव आउनसक्ने जनाएको छ । यस्तै पूर्वी नेपाल, पश्चिम नेपाल, सुदरपश्चिमका कतिपय जिल्लाहरुमा निरन्तर रुपमा पानी परिरहेको रहेको विभागले जनाएको छ ।

यो पाँच दिनमा विशेषत गुल्मी, धादिङ्ग, स्याङ्गजा,कास्की, पाल्पा, चितवन, तनहुँ, नवलपरासी, रुपन्देही, कपिलबस्तुलगायतका जिल्लामा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । पाँच दिनमध्ये पनि बुधबार र बिहीबार भिषण वर्षात्को सम्भावना विभागले औंल्याएको छ । तराईका जिल्लाहरुमा हुने बर्षात्ले त्यस क्षेत्रका खोला नदीमा पानीको बहाब बढ्न सक्ने र कतिपय जिल्लामा बस्तीमा बाढी पस्नसक्ने बताइएको छ । तराईका समथल भूभागका कतिपय बस्ती क्षेत्र डुबानमा पर्नसक्ने पूर्वानुमान विभागले गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
लकडाउन खुलेसँगै केही जिल्लामा समुदायमा कोरोना फैलिएको आशंका : सावधानी अपनाउन विज्ञहरुको सुझाव
२०७७ श्रावण ११ गते आइतबार
२६ जुलाई, २०२०काठमाडौं । सरकारले गएको साउन ७ गतेदेखि...
विश्वमा सबैभन्दा शान्तिपूर्ण देश आइसल्याण्ड : नेपाल ७३ औं नम्बरमा (सूचीसहित)
२०७७ जेठ ३० गते शुक्रबार
१२ जुन, २०२०प्रतीक लामिछाने, लिंकरोभर बेल्जियम । विश्वमा सबैभन्दा...
खाना पकाउने ग्याँससहितका पेट्रोलियम पदार्थमा मूल्य बढ्यो (सूचीसहित)
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले खाना पकाउने ग्याँससहित पेट्रोल,...
कोरोना अपडेट : उपत्यकामा ६९६ सहित देशभर थप १४ सय ५४ जनामा कोरोना संक्रमण
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
Top