फेरि सक्रिय भयो मनसुन, आजबाट ५ दिनसम्म भारी बर्षा हुने विभागको अनुमान

Best Khabar Team | २०७७ श्रावण १२ गते सोमबार


२७ जुलाई, २०२०
काठमाडौं । वर्षायाम शुरु भएसँगै देशका विभिन्न जिल्लामा निरन्तर रुपमा बर्षा भईरहेको छ । यही क्रममा आजबाट आगामी ५ दिन देशका विभिन्न जिल्लामा थप वर्षा हुनसक्ने भन्दै मौसम विभागले सर्तक रहन सबैलाई आग्रह गरेका छ । विशेष गरी आजबाट सक्रिय हुने मौसमले देशका विभिन्न जिल्लामा भारी वर्षात्को सम्भावना रहेको बताइएको छ ।

नदी तथा खोला किनार आसपासमा बस्ने वासिन्दालाई यस अवधिमा विशेष सर्तकता अपनाउन विभागले आग्रह गरेको छ । देशका कतिपय पहाडी जिल्लामा पनि यो बीचमा भीषण वर्षात्को सम्भावना रहेको विभागको पूर्वानुमान रहेको छ । विगत केहीसाता देश नेपालमा मनसुन सक्रिय रहेको भएपनि पछिल्लो एकसाता मनसुन केही कमजोर बनेका कारण देशका केही प्रदेशमा मात्रै वर्षा भएको थियो । तर आजबाट फेरि थप केही जिल्लाहरुमा भारी वर्षा हुने अनुमान विभागले गरेको छ ।

आजबाट शुरुहुने वर्षात् आगामी शुक्रबारसम्म जारी रहने भन्दै विभागले राजमार्ग तथा अन्य स्थानमा यात्रा गर्दासमेत विषेश सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । विभागले पश्चिम नेपालको स्याङ्गजा र पोखरामा भीषण वर्षा भएको भन्दै त्यस आसपासका वासिन्दा (विशेष गरी खोला र नदी आपसासका बस्तीहरुमा ) र पर्वत जिल्लाको मोदी आसपासका खोला र कालीगण्डकी नदीहरुमा पानीको उच्च बहाव आउनसक्ने जनाएको छ । यस्तै पूर्वी नेपाल, पश्चिम नेपाल, सुदरपश्चिमका कतिपय जिल्लाहरुमा निरन्तर रुपमा पानी परिरहेको रहेको विभागले जनाएको छ ।

यो पाँच दिनमा विशेषत गुल्मी, धादिङ्ग, स्याङ्गजा,कास्की, पाल्पा, चितवन, तनहुँ, नवलपरासी, रुपन्देही, कपिलबस्तुलगायतका जिल्लामा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । पाँच दिनमध्ये पनि बुधबार र बिहीबार भिषण वर्षात्को सम्भावना विभागले औंल्याएको छ । तराईका जिल्लाहरुमा हुने बर्षात्ले त्यस क्षेत्रका खोला नदीमा पानीको बहाब बढ्न सक्ने र कतिपय जिल्लामा बस्तीमा बाढी पस्नसक्ने बताइएको छ । तराईका समथल भूभागका कतिपय बस्ती क्षेत्र डुबानमा पर्नसक्ने पूर्वानुमान विभागले गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन

२०७७ श्रावण २६ गते सोमबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई मध्यनजर...

भारतीय भूमिमा रोकिएका सयौं नेपाली मजदुरलाई स्वदेश ल्याउन शुरु, आजमात्रै ६ सय बढीको उद्दार भारतीय भूमिमा रोकिएका सयौं नेपाली मजदुरलाई स्वदेश ल्याउन शुरु, आजमात्रै ६ सय बढीको उद्दार

२०७७ बैशाख ३१ गते बुधबार

१३ मे, २०२०काठमाडौं । कोरोना भाईरस (कोभिड १९) संक्रमणको...

ताईवानका बायुसेना प्रमुखको हेलिकप्टर दुर्घटनामा परी निधन ताईवानका बायुसेना प्रमुखको हेलिकप्टर दुर्घटनामा परी निधन

२०७६ पुष १७ गते बिहिबार

०२, जनवरी, २०२० ताईपेइ । ताईवानका बायुसेना प्रमुखको हेलिकोप्टर...

भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै भारतमा नयाँ कोरोना संक्रमण दर विश्वमा सबैभन्दा धेरै

२०७७ चैत्र २७ गते शुक्रबार

०९ अप्रिल, २०२१नयाँदिल्ली, भारत । पछिल्ला दिनहरुमा भारतमा कोरोना...

Top