तनहुँका विभिन्न स्थानमा पहिरो, १० जना वेपत्ता, २ को शव भेटियो

Best Khabar Team | २०७७ असार २९ गते सोमबार


१३ जुलाई, २०२०
दमौली, तनहुँ । जिल्लाको विभिन्न स्थानमा विगत ३ दिनदेखि परेको अविरल वर्षात्का कारण आएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको रिसिङ्ग, म्यादे गाउँपालिका तथा व्यास नगरपालिकाका विभिन्न स्थानमा पहिरोले स्थानीयको घर बगाउँदा १० जना वेपत्ता भएका हुन् । प्राप्त पछिल्लो जानकारी अनुसार व्यास नगरपालिका वडा नम्बर ९ माझफाँटमा ७० वर्षकी मैतकुमारी घर्तीको घर पहिरालेले पुर्दा उनको मृत्यु भएको छ ।

फाइल तस्वीर ।

यता म्याग्दे गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने बेलौतेडाँडामा १७ वर्षकी लक्ष्मी विकको ज्यान गएको छ । माथिबाट खसेको पहिरोले घर भत्कँदा उनको ज्यान गएको प्रहरीको भनाई छ । यस्तै, जिल्लाको रिसिङ गाउँपालिकाको भैंसीकिलेमा पहिरोमा पुरिएर वेपत्ता भएका १० जनाको अवस्था अहिलेसम्म अज्ञात छ । सो घटनामा परी स्थानीय अनबहादुर थापा, भेषबहादुर थापा, नानुमाया थापा, अमिषा थापा, २२ वर्षका महादेव थापा र मनिसरा थापा रहेका छन् । उनीहरु सबै एकै परिवारका रहेको बताइएको छ । यता व्यासको माँझफाँटमा गएको पहिरोमा परी स्थानीय केशरबहादुर थापा, उनकी श्रीमती कमला, छोराहरु मनोज, राजेश र छोरीअन्जना वेपत्ता भएकी छन् । व्यासकै ओह्रालेमा पनि पहिरोमा पुरिएर एकजना वेपत्ता भएको प्रहरीको भनाई छ ।

वेपत्ता भएकाहरुको खोजी कार्यका लागि स्थानीय वासिन्दा तथा प्रहरी घटनास्थलमा खटिएको भएपनि उनीहरु भेटिएका छैनन् । गएको शनिबार रातीदेखि परेको अविरल वर्षात्का कारण गएको पहिरोमा परी तनहुँमा एकदर्जन बढी स्थानमा ठूलो पहिलो गएको छ भने पहिरोले घरहरु बागाउँदा लाखौंको धनमालको क्षति भएको छ ।

पहिरोमा परी घाइते जिल्लाका विभिन्न स्थनका १० जनाको अहिले सदरमुकाम दमौली र डुम्रेका विभिन्न स्थानमा उपचार भै रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’ कोरोना संक्रमित पत्रकारको भोगाई : ‘अस्पतालको आइसोलेसनमा पिउने पानी समेत पाईनँ’

२०७७ बैशाख ३१ गते बुधबार

कोरोना संक्रमणका बारेमा आम नागरिकलाई सत्य, तथ्य र निष्पक्ष...

१५ दिन थप भयो लकडाउन, जेठ २० सम्म कायम रहने १५ दिन थप भयो लकडाउन, जेठ २० सम्म कायम रहने

२०७७ जेठ ४ गते आइतबार

१७ मे, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९)को...

हिंसा गरेको भन्दै चलचित्र निर्माता छवि ओझा विरुद्ध अभिनेत्री पोखरेलको प्रहरीमा उजुरी हिंसा गरेको भन्दै चलचित्र निर्माता छवि ओझा विरुद्ध अभिनेत्री पोखरेलको प्रहरीमा उजुरी

२०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ काठमाडौं । आफूलाई श्रीमान्बाट घरेलू हिंसा...

नेपालगञ्जमा ९ र वीरगञ्जमा १ गरी थपिए १० कोरोना संक्रमित नेपालगञ्जमा ९ र वीरगञ्जमा १ गरी थपिए १० कोरोना संक्रमित

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६९...

Top