उपत्यकाको बयोधा अस्पतालका स्वास्थ्यकर्मीमार्फत ११ जनामा कोरोना संक्रमण फैलियो

Best Khabar Team | २०७७ असार २८ गते आइतबार


१२ जुलाई, २०२०
काठमाडौं । काठमाडौंमा एकजना स्वास्थ्यकर्मीमार्फत् उनको घरका ९ जनासहित कुल ११ जनामा कोरोना संक्रमण फैलिएको छ । काठमाडौंको बल्खुमा रहेको बयोधा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा कोरोना संक्रमण भएको र उनसँगै उनका घरका ९ जनामा पनि संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

केही दिन अघि उनमा गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको थियो । तर पछि घरका अन्य ९ जना सदस्यको नमुना परीक्षणका क्रममा पोटेजिभ रिपोर्ट आएको थियो । ती स्वास्थ्यकर्मी ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा बस्दै आएका थिए । उनी बस्ने वडाका वडा अध्यक्षका दुईजना छोराहरुलाई पनि कोरोना संक्रमण भएको र उनीहरु पनि चिकित्सक भएको बताइएको छ ।

ती ल्याब टेक्निसियनकै कारण ११ जनामै कोरोना संक्रमण फैलिएको पुष्टि भएपछि अहिले महालक्ष्मी नगरपालिकाको वडा नम्बर ७, ८ र ९ सिल गरिएको छ । संक्रमित सबैलाई चिकित्सकको निगरानीमा आइसोलेसनमा राखेर उपचार थालिएको छ । यस्तै उनको सम्पर्कमा आएकाहरुको बारेमा जानकारी लिने काम भै रहेको बताइएको छ ।

अस्पतालमा कार्यरत ती ल्याब टेक्निसियनलाई ल्याबमै काम गर्दाका बेला कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना : पाँचौ केस पनि विदेशबाटै आएकामा भेटियो, एउटै विमानमा आएका २ जनामा पोजेटिभ केस नेपालमा कोरोना : पाँचौ केस पनि विदेशबाटै आएकामा भेटियो, एउटै विमानमा आएका २ जनामा पोजेटिभ केस

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२० काठमाडौं । पछिल्लो समयमा नेपालमा कोरोना...

उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो

२०७७ श्रावण २९ गते बिहिबार

१३ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...

कोरोनाबाट नेपालमा ४१ औं मृत्यु कोरोनाबाट नेपालमा ४१ औं मृत्यु

२०७७ श्रावण ७ गते बुधबार

२२ जुलाई, २०२०धरान, सुनसरी । नेपालमा कोरोनाबाट थप एकजनाको...

ट्रम्प पुनः राष्ट्रपति बन्ने दौडमा, चुनावी अभियान शुरु ट्रम्प पुनः राष्ट्रपति बन्ने दौडमा, चुनावी अभियान शुरु

२०७६ असार ६ गते शुक्रबार

२१ जुन, २०१९ वासिङ्टन । आगामी सन् २०२० मा...

Top