Best Khabar Team | २०७७ असार २८ गते आइतबार
१२ जुलाई, २०२०
काठमाडौं । काठमाडौंमा एकजना स्वास्थ्यकर्मीमार्फत् उनको घरका ९ जनासहित कुल ११ जनामा कोरोना संक्रमण फैलिएको छ । काठमाडौंको बल्खुमा रहेको बयोधा अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा कोरोना संक्रमण भएको र उनसँगै उनका घरका ९ जनामा पनि संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

केही दिन अघि उनमा गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको थियो । तर पछि घरका अन्य ९ जना सदस्यको नमुना परीक्षणका क्रममा पोटेजिभ रिपोर्ट आएको थियो । ती स्वास्थ्यकर्मी ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ मा बस्दै आएका थिए । उनी बस्ने वडाका वडा अध्यक्षका दुईजना छोराहरुलाई पनि कोरोना संक्रमण भएको र उनीहरु पनि चिकित्सक भएको बताइएको छ ।
ती ल्याब टेक्निसियनकै कारण ११ जनामै कोरोना संक्रमण फैलिएको पुष्टि भएपछि अहिले महालक्ष्मी नगरपालिकाको वडा नम्बर ७, ८ र ९ सिल गरिएको छ । संक्रमित सबैलाई चिकित्सकको निगरानीमा आइसोलेसनमा राखेर उपचार थालिएको छ । यस्तै उनको सम्पर्कमा आएकाहरुको बारेमा जानकारी लिने काम भै रहेको बताइएको छ ।
अस्पतालमा कार्यरत ती ल्याब टेक्निसियनलाई ल्याबमै काम गर्दाका बेला कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
धादिङ्की गर्भवती महिलामा कोरोना : प्रसुती गृहबाट टेकु पठाइँदै
२०७७ जेठ २० गते मंगलबार
०२ जुन, २०२०धादिङ्बेसी । धादिङ् जिल्ला स्थायी घर भएकी...
सन् २०३६ सम्मका लागि राष्ट्रपति बन्न पाउने गरी रुसी राष्ट्रपतिको पक्षमा जनमत
२०७७ असार १२ गते शुक्रबार
२६ जुन, २०२०मस्को, रुस । १६ वर्षदेखि राष्ट्रपति भएर...
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ५ को मृत्यु, ५३४ मा संक्रमण
२०७८ बैशाख २ गते बिहिबार
१५ अप्रिल, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाका...
‘सेन्टर जेल’ का तीनजना कैदीबन्दीको मृत्यु, मृतकमध्ये एकमा कोरोना पुष्टि
२०७७ भाद्र १६ गते मंगलबार
०१ सेप्टेम्बर, २०२०काठमाडौं । काठमाडौंको सुन्धारामा रहेको सेन्टर जेल...
Top