Best Khabar Team | २०७७ असार २६ गते शुक्रबार
१० जुलाई, २०२०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनहरुमा देशको राजधानी काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएको भन्दै सतर्क रहन सबैलाई आग्रह गरेका छन् । आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लकडाउन खुकुलो बनाएसँगै काठमाडौंमा बाहिरी जिल्लाबाट मानिसहरुको आउने क्रम बढेको तर्फ लक्षित गर्दै कोरोना संक्रमणपछि बढेको बताएका हुन् ।

उनले सरकारले कोरोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराखेको भन्दै आम नागरिकलाई सचेत रहन आग्रह समेत गरेका छन् । उनले चिकित्स्कहरुले अथक रुपमा कोरोना नियन्त्रणको लागि काम गरिरहेको भन्दै जनस्तरबाट पनि यसको जोखिम फैलिन नदिनँ सचेतना अपनाउनुपर्नेमा जो दिएका छन् । उनले कोरोना नियन्त्रणका लागि चिकित्सकहरुले हालसम्म गरिरहेको प्रयासको मुक्तकण्ठले प्रशंसा गरेका छन् । प्रधानमन्त्री ओलीले पछिल्ला दिनहरुमा काठमाडौंमा कोरोनाको संक्रमण बढ्दो दिशामा अघि बढेको भन्दै सबैले सचेत बन्नुपर्नेमा जोड दिएका छन् ।
सरकारले काठमाडौं उपत्यकालगायत देशका सबै जिल्लाहरुमा व्यवसाय सञ्चालन तथा सार्वजनिक गाडी सञ्चालनका लागि अनुमतिसमेत प्रधान गरिसकेको छ । त्यहि कारणले बाहिरी जिल्लामा भएकाहरु पनि काठमाडौं फर्केर आफ्नो जागिर तथा पेशा व्यवसायमा लाग्न थालेका छन् । जसका कारण पछिल्ला दिनहरुमा काठमाडौंमा बाहिरि जिल्लाबाट आउनेहरुको चाप ह्वात्तै बढेको छ । काठमाडौंमा कोरोना फैलन नदिन सरकारले आवश्यक सबै सावधानी अपनाएको भन्दै प्रधानमन्त्री यसमा नागरिकको दायित्व पनि उत्तिकै रहेको बताए ।
उनले देशका विभिन्न स्थानमा गएको बाढी पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचार तथा पीडित परिवारलाई सरकारले राहत दिने बताएका छन् । यस्तै प्रधानमन्त्रीले अहिलेको अवस्थामा राष्ट्रिय समस्यामा एकजुट हुन सबै दललाई आग्रह समेत गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
भारतमा लिगमा सुतिरहेका १६ मजदुरको रेलले किचेर मृत्यु, रोटी लिएर यात्रा गरेका थिए मजदुरले…
२०७७ बैशाख २६ गते शुक्रबार
०८ मे, २०२०नयाँदिल्ली । भारतमा रेलले किचेर १६ जना...
नागरिकता कानुन संधोशनको विरोध : उत्तर प्रदेशमा मात्रै १४ को ज्यान गयो , प्रदर्शन हिंसात्मक बन्दै
२०७६ पुष ५ गते शनिबार
२१ डिसेम्बर, २०१९ काठमाडौं । नागरिकता संशोधनसम्बन्धी विधेयकको विरोधमा...
भारत बन्यो विश्वकै चौथो कोरोना प्रभावित मुलुक : एकैदिन झण्डै १० हजार संक्रमित थपिए, मृतकको संख्या ८ हजार नाघ्यो
२०७७ जेठ २९ गते बिहिबार
११ मे, २०२०नयाँदिल्ली । भारत विश्वमै सबैभन्दा बढी कोरोना...
रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई...
Top